एक वर्षभित्र नेकपाको महाधिवेशन


काठमाडौ – नेपाल कम्युनिस्ट पार्टीले आगामी एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने घोषणा गरेको छ । पार्टीभित्र सांगठनिक एकता प्रक्रियालाई टुंगो लगाएलगत्तै ६ महिनाभित्र सम्मेलन सम्पन्न गरेर एक वर्षभित्र महाधिवेशन गर्ने घोषणा गरेको हो ।

पार्टीले महाधिवेशन गर्ने घोषणा गरे पनि मिति भने तय गरेको छैन । गत जेठ ३ गते पार्टी एकीकरण कार्यक्रममा तीन महिनाभित्र पार्टीको सांगठनिक एकताको काम सम्पन्न गर्ने बताइएको थियो । तर पार्टी ११ महिनासम्म आन्तरिक किचलोमा रुमलिएको थियो । पार्टी एकता भएको लामो समयपछि कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपाले ७७ जिल्लाका जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेको छ ।

विगतमा पूर्व दुई पार्टी एमाले र माओवादी केन्द्रबाट जिल्लाको अध्यक्षको जिम्मेवारी लिएकाहरुलाई नै पार्टीले अध्यक्ष र सचिव बनाएको छ । पार्टीले दोहोरो जिम्मेवारी नदिने मापदण्ड बनाए पनि विवादको गाँठो फुकाउन भागवण्डाअनुसार अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

नेकपाले प्रदेश नम्बर १ अन्तर्गत ताप्लेजुङको अध्यक्षमा विजय बनेम, सचिवमा बलबहादुर साम्सोहाङ, पाँचथरको अध्यक्षमा राजकुमार भण्डारी, सचिवमा होमप्रसाद जबेगु, इलामको अध्यक्षमा राम नारा, सचिवमा सोममाया राई, झापाको अध्यक्षमा चिन्तन पाठक, सचिवमा मणिकुमार साङपाङ, मोरङको अध्यक्षमा विनोद ढकाल, सचिवमा गोपिबहादुर आछामी, सुनसरीको अध्यक्षमा योगेन्द्र मण्डल, सचिवमा रमेश बस्नेत रहनुभएको छ ।

त्यसै गरी धनकुटाको अध्यक्षमा राजेन्द्र राई, सचिवमा ऋषिराम ढुंगाना, तेह्रथुमको अध्यक्षमा लक्ष्मण तिवारी, सचिवमा इन्द्रबहादुर इमसुङ, संखुवासभाको अध्यक्षमा हेमराज घिमिरे, सचिवमा कृष्ण याख्खा, भोजपुरको अध्यक्षमा प्रेमुकमार राई, सचिवमा विमल खड्का हुनुुहुन्छ भने खोटाङको अध्यक्षमा देवान चामलिङ, सचिवमा बबी चामलिङ, सोलुखुम्बुको अध्यक्षमा मानवीर राई, सचिवमा गोम्बु शेर्पा, ओखलढुंगाको अध्यक्षमा मोहनबहादुर खड्का, सचिवमा मोहन श्रेष्ठ र उदयपुरको अध्यक्षमा विनोद कटुवाल, सचिवमा ईश्वरमणि राउतलाई बनाउने निर्णय गरिएको छ । यो खबर आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement