‘नेपाल-चीन सम्बन्ध कमजोर बनाउने खेल’


काठमाडौँ – अमेरिका र नेपालका परराष्ट्रबीच इन्डोप्यासिफिक रणनीतिमा नेपालको केन्द्रीय भूमिका हुने विषयमा भएको छलफललाई कूटनीतिज्ञहरुले नेपाल र चीनबीचको सम्बन्ध कमजोर बनाउने खेलका रुपमा टिप्पणी गरेका छन् ।

अमेरिका भ्रमणमा रहेका पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पेओबीच मंगलबार स्वतन्त्र, खुला र समृद्ध इन्डो–प्यासिफिक र उत्तर कोयिरलगायतका विश्वस्तरीय मुद्दामा नेपालको केन्द्रीय भूमिका हुने विषयमा छलफल भएको थियो ।

अमेरिकी विदेश मन्त्रालयका सहप्रवक्ता राबर्ट पल्लदिनोले जारी गरेको विज्ञप्तिमा इन्डो–प्यासिफिकमा नेपालको भूमिका , पाँच सय मिलियन अमेरिकी डलरको मिलनियम च्यालेन्ज कर्पोरेसन र नागरिक तहको सम्बन्ध विस्तारका विषय उल्लेख छ । यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement