नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती 


बर्दिया– सीमामा हुने अपराध नियन्त्रण गर्न सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती सुरु गरेका छन्। दशगजा क्षेत्रमा नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त गस्ती थालेका हुन्।

नेपाल–भारत खुला सीमाना गरिने संयुक्त गस्तीले सीमा अपराध नियन्त्रणका सहयोग पुगेको सीमा क्षेत्रका सुरक्षाकर्मीको भनाई छ। मानव बेचबिखन, अबैध चोरी पैठारी र खुला सीमाना हुने अपराध नियन्त्रणमा संयुक्त गस्ती प्रभावकारी भएको सुरक्षाकर्मीको दाबी छ।

जिल्लामा रहेको नेपाल र भारतका खुला सीमानामा संयुुक्त गस्तीले निरन्तरता पाएको एसपी जनक भट्टराईले बताए। दशगजा क्षेत्रमा संयुक्त गस्ती भइरहेको छउनले भने, ‘सीमा हुने अपराध रोक्न परिचालित संयुक्त गस्ती प्रभावकारी छ।’

उनका अनुसार एसएसबीका विभिन्न युनिटसँग मिलेर प्रहरीले संयुक्त गस्ती गरिरहेका छन्। ‘भारतका सीमा सुरक्षाका लागि खटिएका एसएसबीसँग दशगजामा संयुक्त गस्ती भइरहेको छ,’ मथुराहरद्धार चौकीका प्रहरी नायव निरीक्षक जनक बुढाले भने, ‘यसले दशगजाको सुरक्षासँगै अपराध नियन्त्रणमा पनि सघाउ पुगेको छ।’ सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि पनि नियन्त्रण हामीलाई भारतीय पक्षले मद्दत गरिरहेको उनले जानकारी दिए। उनका अनुसार एसएसबीको चितलवहास्थित बटालियनसँग मिलेर सुरक्षाकर्मीले संयुक्त गस्ती गरिरहेको छ।

भारततर्फका सीमा सुरक्षाका लागी खटिएका एसएसविले प्रत्येक तीन किलोमिटर क्याम्प खडा गरेको छ। एउटा बटालियनले १ देखि ३ किमिसम्म हेर्छ। भारतको सुरक्षाकर्मी तुलनामा नेपाल र सशस्त्र प्रहरीको न्यून यूनिट भएपनि बेला बेला संयुक्त प्रहरीले गस्ती प्रभावकारीता बढ्दो छ।

विशेषगरी दुबै देशमा हुने निर्वाचन वा चाडपर्वको बेला संयुक्त गस्ती परिचालन हुने गरेको छ। त्यसबेला दुबै देशका उच्च अधिकारीले समन्वयमा केहि घन्टा आवागमन पनि रोक लगाउने गरेका छन्। यसअघि प्रदेश, प्रतिनिधि र स्थानीय चुनाव बेला पनि परिचालन भएको संयुक्त गस्तीले अहिले निरन्तरता पाएको हो। निर्वाचनका बेला दुबै देशका समन्वयमा २४ घण्टा सीमा क्षेत्रमा आवागमन रोकिएको थियो। ‘विगतमा कहिलेकाहीं हुन्थ्यो, अहिले संयुक्त गस्तीमा दुबै पक्षले निरन्तरता दिइरहेका छन्,’ स्थानीय राम लोधले भनेकाे खबर नागरिक दैनिकमा छ ।

बर्षेनी आयोजना गरिने सुरक्षा निकायहरूको संयुक्त बैठकमा समेत चुनावी सुरक्षासँगै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि संयुक्त गस्ती गर्ने सहमति अनुसार संयुक्त गस्ती परिचालन हुने गरेको छ।

बैठकमा भारतीय पक्षबाट उत्तरप्रदेशको बहराईच, खिरी, गोला लगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरू र नेपालका तर्फबाट सीमासँग जोडिएका प्रजिअ र प्रहरी प्रमुखसँगै सुरक्षा निकायका प्रमुखहरू सहभागी हुँदा संयुक्त गस्ती गर्ने निर्णयले संयुक्त गस्तीले निरन्तरता पाउँन थालेको छ।

विगतदेखि नै निर्वाचनमा र चाँडबाडका बेला पनि सीमा क्षेत्रमा नेपाली र भारतीय सुरक्षाकर्मीले संयुक्त रूपमा गस्ती गर्दै आएका छन्। बर्षमा दुई देश सुरक्षाकर्मीको उच्च अधिकारीसँग सीमा क्षेत्रका सुरक्षा निकायको संयुक्त बैठकमा सुरक्षा अवस्थाबारे छलफल हुने गरेको छ। त्यस बेला अपराधिक घटनाका प्रगति बारेमा सूचना आदान प्रदान जस्ता विषय संयुक्त बैठकमै छलफल हुनाले संयुक्त गस्ती प्रभावकारी देखिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement