गुप्तचर प्रमुख र उपप्रमुख चीन भ्रमणमा जांदै


काठमाण्डु-  देशको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र उपप्रमुख दुवै जना चीन भ्रमणमा जाने भएका छन् । चीनको पब्लिक सेक्युरिटी ब्युरोको निमन्त्रणामा गुप्तचर प्रमुख हुतराज थापा आगामी बुधवार बेइजिङ जाने तयारीमा छन् ।

थापासंगै एआईजी ओम जोशी र चीन मामिलाका जानकार समेत रहेका एसपी बासु सिग्देल समेत भ्रमणमा दलमा छन् । चार दिने चीन भ्रमणको क्रममा थापाले आफ्ना चिनियां समकक्षिसंगै सरकारका उच्चपदस्थ अधिकारीहरुसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

गुप्तचर प्रमुख थापाले यसअघि कोरिया र भारतको औपचारिक र अमेरिकाको समेत निजी भ्रमण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement