नेपाल प्रहरीको हाइटी मिसन बन्द हुँदै


काठमाडौँ – नेपाल प्रहरीको हाइटीस्थित राष्ट्रसंघीय शान्ति मिसन आगामी अप्रिलदेखि बन्द हुने भएको छ । हाल हाइटीमा खटिएको फम्र्ड पुलिस युनिट ९एफपियू० को टोली नै अन्तिम हुने जानकारी राष्ट्रसंघले नेपाल प्रहरीलाई गराएको छ ।

प्रहरीले बन्दोबस्तीका सामान फिर्ताको लागि तयारीसमेत थालिसकेको छ । साथै हाइटी मिसनका लागि अघि बढाइएको नाम छनोट प्रक्रियासमेत रोकिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement