नेपालका प्रहरी अधिकृत विश्वमै अब्बल


काठमाडौं – संयुक्त राष्ट्रसंघले दक्षिण कोरियामा सञ्चालन गरेको अन्तर्राष्ट्रिय तालिम युनाइटेड नेसन्स चाइल्ड प्रोटेक्सन कोर्समा सहभागी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृतहरू अब्बल ठहरिएका छन् ।

सो तालिममा नेपाल प्रहरीका उपरीक्षक सन्दीप भण्डारी र सशस्त्र प्रहरीका नायब उपरीक्षक सुरेश गैरेको समूह प्रथम भएको छ । विश्वका विभिन्न मुलुकबाट छानिएर आएका २२ जना वरिष्ठ अधिकृतमा नेपालबाट सहभागी समूहले सबैलाई पछि पारेको हो ।

प्रहरी उपरीक्षक सन्दीप भण्डारी नेपाल प्रहरीमै इमानदार तथा उत्कृष्ट छवि बनाएका अधिकृतमा चिनिन्छन् । हाल नक्सालस्थित १ नम्बर सशस्त्र प्रहरी गणमा गणपतिका रूपमा कार्यरत भण्डारीले यसअघि मोरङ जिल्लामा रहंदासमेत निकै ख्याति कमाएका थिए । यो समाचार राजधानी दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement