नयाँ स्टक एक्सचेन्जको अनुमतिका लागि चोलेन्द्रका विचौलिया पनि दौडमा


काठमाण्डु – नयाँ स्टक एक्सचेन्जको अनुमतिका लागि तीन वटा कम्पनीले आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डमा आईतबारसम्म हिमालयन, नेशनल र अन्नपुर्णको नामबाट ३ समुहका प्रतिनिधिले नयाँ स्टक एक्सचेन्ज संचालनका लागि आवेदन दिएका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले नयाँ स्टक एक्सचेन्जको बाटो खोलिदिएपछि हिमालयन स्टक एक्सचेन्ज शुक्रवार नै धितोपत्र बोर्ड पुगेको हो । हिमालयनमा नेपालका सबैजसो ठुला उद्योगीहरुको लगानी छ ।

हिमालयमा शकर समुहअन्र्तगतका कम्पनीको १५ र व्यवसायी दीपक भट्टको १५ प्रतिशत लगानी छ । त्यसका साथै पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ र आशिष श्रेष्ठको पनि उक्त स्टकमा लगानी रहेको छ । यसको नेतृत्व भने व्यवसायी भट्टले गरेका हुन् ।

नेशनलको नेतृत्व भने अदालतका विचौलिया दीपक तिमिल्सेनाले गरेका छन् । तिमिल्सेना तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर निकट हुन् । उनि अदालतका मुद्दा मामिलामा चलखेल गर्दै आएका छन् । तिमिल्सेना सरकारलाई २० अर्ब नतिर्ने स्मार्ट टेलिकम र यूटिएलमा समेत संलग्न थिए । उनको कम्पनी अहिले खारेजीमा परिसकेको छ ।

उनको समुहमा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, हालका अध्यक्षद्वय बद्री केसी र कुल आचार्यको लगानी छ । बोर्डमा भने महेशकुमार श्रेष्ठ, ऋषि अग्रवाल, अंकित केडिया र रामजी रेग्मी छन् ।

आइतबार दर्ता भएको अन्नपूर्ण स्टक एक्सचेञ्ज लिमिटेडमा अन्नपुर्ण मिडिया हाउसका संचालक रामेश्वर थापाले नेतृत्व गरेका छन् । थापा राष्ट्रिय परिचयपत्रको प्रकरणमा विवादमा आएका छन् । उनको कम्पनी एडभान्टेज ग्रुपले नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मेवारी विदेश कम्पनीको सेटिङमा लिएको भन्दै विवाद भइरहेको छ ।

थापाको समुहमा गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोद न्यौपाने, नारायण पौडेल, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेतीलगायतको लगानी छ ।

नयाँ स्टक एक्सचेन्जका तिनै समुह शक्तिशाली छन् । स्टक एक्सचेन्ज ल्याउने खेलमा भने मुख्यगरी पछिल्लो समय व्यवसायी दीपक भट्टको रहेको स्रोत बताउंछ । भट्टले नेप्सेको सेवा गूणस्तरिय नभएको भन्दै अर्को प्रतिस्पर्धी कम्पनी ल्याउनुपर्ने लविङमा लागेका थिए ।

उनकै नेतृत्वमा अहिले हिमालयन री इन्सोरेन्स संचालनमा छन् । सरकारले नेपाल पूर्नविमा कम्पनीजस्तै हिमालयन रीलाई लाइसेन्स दिएको थियो । यसमा समेत भट्टकै सम्भावना बढी रहेको स्रोत बताउंछ । उक्त लाइसेन्स तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका थिए ।

भट्टको सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा , प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालसंग निकट सम्बन्ध छ । थापाको भने एमाले अध्यक्ष केपी शर्मा ओलीसंग गहिरो सम्बन्ध भएपनि तिमिल्सेनाको भने उच्च तहमा सुमधुर सम्बन्ध छैन् । तिमिल्सेनालाई तत्कालिन प्रधानन्यायाधीश राणाले आफ्नो कोटाबाट संचारमन्त्री बनाउन खोजेका थिए । तर, पछि उनले आफ्ना जेठानलाई उद्योगमन्त्री बनाए ।

तिमिल्सेना एनसेल प्रकरणमा समेत विचौलियाको भूमिकामा थिए । उनि अदालतमा मुद्दा मिलाउनदेखि कमिसनका खेलमा समेत लाग्ने गरेको भन्दै विवादमा परेका व्यक्ति हुन् ।

स्टक लिन १४ वर्षदेखि व्यवसायीहरुबीच प्रतिस्पर्धा छ । सबै व्यवसायीहरुले लाइसेन्स लिन शक्तिकेन्द्र धाइरहेका छन् । हिमालयनले स्टकको लाइसेन्सकै लागि एक वर्षदेखि तयारी गरेको स्रोत बताउंछ । धितोपत्र बोर्डमा समेत अहिले रमेश हमाल नेतृत्वमा छन् । उनलाई समेत यही समुहले नै नेतृत्वमा ल्याउन भूमिका खेलेको बताइन्छ ।

तिमिल्सेना भने भ्रष्टाचारको आरोप लागेर अहिले सर्वोच्चमा मुद्दा खेपिरहेका भीस्मराज ढुंगानालाई मुद्दा जिताएर ल्याउनेमा लागेका छन् । उनको पुर्नबहालीको रिट पेशीमा चढेको छ । उनको पुर्नवहाली गराउनेमा तिमिल्सेना लागेपनि अहिले अदालतमा उनको प्रभाव निकै कम भइसकेको छ ।

कमोडिटी एक्सचेन्जका लागि समेत विभन्नि ४ कम्पनीले आवेदन दिएका छन् । आवेदन दिनेमा नेपाल मल्टी कमोडीटी एक्सचेन्ज, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्ज रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement