एमालेका सुहाङलाई १ हजार १ मतको अग्रता, चौथोमा रहेको घण्टीले बढाएन मतान्तर


काठमाण्डु- इलाम- २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार १ मतको अग्रता बनाएका छन् ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेस उम्मेदवार डम्बर खड्कासँगको अग्रता १ हजार १ को अग्रता बनाएका हुन् । पछिल्लो मत परिणाम अनुसार नेम्वाङले ३ हजार ७८३ मत पाउँदा खड्काले २ हजार ७८२ मत पाएका छन् ।

तेस्रो स्थानमा पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम छन् र उनले ७८४ मत पाएका छन् । चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बुले ५६१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement