बझाङ उपनिर्वाचन : कांग्रेसका उम्मेदवारको अग्रता कायमै


बझाङ –  बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा मतगणना जारी छ । पछिल्लो मतपरिणमअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह २४९ मतले अग्रता लिएका छन् । उनले ७ हजार चार सय ८६ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार दुई सय ३९, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले २ हजार आठ सय ९४ तथा नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार दुई मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

हालसम्म छविसपाथिभेरा गाउँपालिका, थलारा गाउँपालिका–९, खप्तडछान्ना गाउँपालिका, जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिकाको मतगणना सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement