निर्मला हत्या प्रकरणः प्रहरी अनुसन्धान डीएनए परीक्षणमा नै जकडियो !


महेन्द्रनगर– बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी बालिका निर्मला पन्तको शनिबार १ सय १५ दिन पुगेको छ । घटनाको शुरुदेखि नै अनुसन्धानमा रहेको नेपाल प्रहरीले अहिलेसम्म हत्यारा पहिचान गर्न सकेको छैन ।

अन्य कुनै ठोस प्रमाण नभएपछि डीएनए परीक्षणलाई आधार बनाएर नेपाल प्रहरी अनुसन्धानमा छ । हालसम्म नेपाल प्रहरीले ९ जनाको डीएनए परीक्षण गरेको छ । अझै कञ्चनपुरका ३ जना स्थानीयको डीएनए परीक्षणका लागि पठाइने प्रहरी स्रोतले जनाएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement