निशान खड्का हत्या प्रकरण: अपहरण र इन्काउन्टरमाथि छानबिन गर्ने गृहमन्त्रालयको तयारी


काठमाडौं – ११ वर्षीय निशान खड्काको अपहरणपछि हत्यामा संलग्न भएको भनिएका गोपाल तामाङ र अजय तामाङलाई इन्काउण्टर गरेको घटना शंकास्पद भएको भन्दै घट्नाको छानविन गरीने भएको छ ।

प्रहरीले इन्काउन्टरमा मारिएको भनिएपनि तर, ती युवकलाई प्रहरीले नै डेराबाट वनमा लगेर हत्या गरेको खुलासा प्रत्यक्षदर्शीले गरेका छन् । अपहरणकारी भनिएका युवाका आफन्तले पनि राष्ट्रिय मानव अधिकार आयोगमा तिनको ‘गैरकानुनी हत्या’ गरिएको दाबी गर्दै छानबिनका लागि उजुरी दिएका छन् ।

बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले घटनाबारे बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्र्तगत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले बालक अपहरण र हत्यामा संलग्न दुई जनाको इन्काउण्टरबारे सरकारले छानविन गर्ने बताएका हुन्।

डेराबाट नियन्त्रणमा लिएर प्रहरीले भक्तपुरको पाईलटबाबा आश्रम नजिकको जंगलमा लगेर इन्काउण्टर गरेको घटना शंकास्पद भएको भन्दै समिति सदस्यहरुले छानविनको माग गरेपछि गृहमन्त्रीले त्यसमा सरकारको प्रतिवद्धता जनाएका हुन्।

समितिको बैठकमा गसांसदहरुले घटना शंकास्पद भएको भन्दै छानबिनको माग गरेपछि गृहमन्त्रीले छानबिनको प्रतिवद्धता जनाएका हुन् ।

सांसद देवेन्द्रराज कंडेलले प्रहरीले भनेको इन्काउण्टर शंकास्पद भएकाले इन्काउण्टरको अवस्था सिर्जना हुनुको कारणबारे सोधपुछ गर्न महानिरीक्षक र सम्बन्धित पदाधिकारीलाई समितिमा बोलाउन माग गरे ।
प्रहरीले बालक बचाउन नसकेपछि आफ्नो कमजोरी लुकाउन इन्काउण्टरको नाममा उनीहरुको हत्या गरेको भन्दै प्रहरी प्रशासनको सर्वत्र आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement