नेविसंघको प्राण बच्यो, माघ २ गतेभित्र महाधिवेशन !


काठमाडौं – नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन गर्नका लागि २ महिना समय थप गरी विधान संशोधन गरिएको छ । आइतवार बसेको काँग्रेस केन्द्रिय समिति बैठकले नेविसंघको विधान परित गर्दै माघ २ गतेभित्र महाधिवेशन गर्न समय थप गरेको हो ।

काग्रेस सहमहामन्त्री डा। प्रकाशसरण महतले नेपाल समाचारपत्रलाई सोबारे जानकारी दिदै यो दुईमहिनाको अवधिमा महाधिवेशन गर्न सकिने बताउनुभयो । उहाँले विधान सर्वसहमतिबाट पारित भएको दावी गर्नुभयो । महाधिवेशन गर्न दुई महिना समय पाएसंगै नेविसंघको प्राण जोगिएको छ । नत्र नेविसंघ आइतवारदेखि नै विघटनको संघारमा पुगेको थियो ।

एघारौं महाधिवेशनपछिको नेतृत्वको समयसिमा गत भदौमा नै सकिएको थियो । आन्तरीक विवादका कारण दुई वर्षभित्र अधिवेशन गर्न नसकेपछि तीन महिना समय थप गरिएको थियो ।

आन्तरीक रुपमा गुट–उपगुटमा विभाजित काग्रेसलाई नेविसंघको लफडा मिलाउन निकै सकस परेको थियो । नेविसंघको प्राण वचाउन अघिल्लो दिन नै काग्रेस केन्द्रिय समितिले निर्णय गर्न खोजे पनि शीर्ष नेताहरुको असहमतिका कारण बैठक स्थगित भै आइतवार पुनः बसेको थियो । आइतवार दिउँसो बोलाइएको बैठक सहमतिको प्रयास गर्दा गर्दै राती अवेर मात्र बसेको थियो ।

विधानतः स्वतः भङ्ग हुने अवस्थामा पुगेपछि नेविसंघको वर्तमान कार्यसमितिले नै दुईमहिनाभित्र अघिवेशन गर्ने गरि विधान संशोधन गरिएको काग्रेस केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले बताउनुभयो ।यो खबर आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement