कर्मचारी दरबन्दी निर्धारण अन्तिम चरणमा


काठमाडौं – संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्ने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ । संघीय संरचनाअनुसार कर्मचारी समायोजन कार्यलाई अघि बढाउन सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्न लागेको हो ।

संघ, प्रदेशमा रहने दरबन्दी निर्धारण कार्यलाई अन्तिम स्वरुप दिएपछि हाल कर्मचारीको अन्तरिम समायोजनमा भएको सकसको स्थिति क्रमशः सहज हुँदै जाने मन्त्रालयको विश्लेषण छ ।

‘दरबन्दी निर्धारण कार्य अन्तिम चरणमा पुगेको छ । संघ, प्रदेशमा कति कर्मचारी रहने हो, त्यसको अन्तिम टुंगो एक दुई दिनमा लाग्नेछ ।’ मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने ।आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement