ओखलढुंगामा कांग्रेसको वर्चस्व, कुन दलबाट कति जनप्रतिनिधि चुनिए ? (सूचीसहित)


काठमाण्डु – नेपाली कांग्रेसका चर्चित नेता रामहरि खतिवडा र एमालेका यज्ञराज सुनुवारको जिल्ला ओखलढुंगामा योपटकको स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेसले वर्चस्व कायम गरेको छ । एक नगरपालिकासहित ८ वटा स्थानीय तह रहेको ओखलढुंगामा कांग्रेसले नगरसहित ४ गाउपालिका प्रमुख जितेको हो ।  ०७४ को निर्वाचनमा पनि कांग्रेसले ४ वटा पालिकामा कब्जा जमाएको थियो ।

त्यस्तै, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र स्वतन्त्र उम्मेदवारले समान एक–एक पालिकामा जित हात पारेका छन् । अघिल्लो ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले एक नगरपालिकासहित तीन पालिका जितेको थियो । तर अघिल्लो वर्चस्व गुमाउँदै एमाले यो पटक ओखलढुंगाका एक स्थानीय तहमा खुम्चिएको छ ।

अघिल्लो चुनावमा एमालेले जिल्लाको एकमात्रै नगरपालिका सिद्धिचरणसहित लिखु र मोलुङ गाउँपालिकामा जित हात पारेको थियो । यो पटक भने एमालेले सिद्धिचरण नगरपालिका र लिखु गाउँपालिका गुमाएको छ ।

पहिले जितेका एक गाउँपालिका मात्रै एमालेले जितेको छ । यसअघि एमालेले जितेको सिद्धिचरण गाउँपालिका र लिखु गाउँपालिका यो पटक कांग्रेसले खोसेको छ । एमालेले जितेको सिद्धिचरण नगरपालिका यो पटक गुमायो । एमालेबाट यसपटक जिल्लामा कुल १२२ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । जसमा २० वडाअध्यक्ष, ५० सदस्य, २४ महिला सलस्य र २३ दलीत महिला सदस्य निर्वाचित भएका छन् ।

अघिल्लो निर्वाचनमा चम्पादेवी, खिजिदेवी, मानेभन्ज्याङ र सुनकोशी गरी चार गाउँपालिकामा जित हात पारेको कांग्रेसले यो पटक पनि चार पालिका नै जित्न सफल भयो । सिद्धिचरण नगरपालिका, चम्पादेवी, सुनकोशी, लिखु कांग्रेस विजयी भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाले दिएको जानकारी अनुसार कांग्रेसबाट ४ प्रमुख तथा ४ उपप्रमुखसहित कुल २२२ जना जनप्रतिनिधि आगामी पाँच वर्षका लागि निर्वाचित भएका छन् । जसमा ४५ वडाअध्यक्ष, सदस्य ८३, महिला सदस्य ४४, महिला दलीत सदस्य ४२ जना निर्वाचित भएका छन् ।

बाँकी रहेका तीन गाउँपालिकामा एक स्वतन्त्र, एकमा माओवादी र एक पालिकामा जनता समाजवादी (जसपा) विजयी भएका छन् । चिशंखुगढी गाउँपालिका माओवादीले जितेको छ । माओवादीका उम्मेदवार निशान्त शर्मा प्रमुखमा विजयी भएका छन् ।

यसअघि पनि यो पालिकामा माओवादी नै विजयी भएको थियो । यसपटक माओवादीबाट जिल्लामा १ प्रमुखसहित ३० जनप्रतिनिधि निर्वाचित भएका छन् । जसमा ८ वडाअध्यक्ष, सदस्य १०, महिला सदस्य ४, दलीत महिला सदस्य ७ जना निर्वाचित भएका छन् ।

त्यस्तै जनता समाजवादी पाटीले जिल्लामा १ पालिका प्रमुखसहित १६ जनप्रतिनिधि पाएको छ । जसमा २ वडाअध्यक्ष, सदस्य ७ महिला सदस्य ३ दलीत महिला सदसय ३ जना रहेका छन् ।

अघिल्लो पटक कांग्रेसले जितेको मानेभञ्जाङ गाउँपालिकामा यो पटक भने स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दालीले जित हात पारेका छन् । उनले कांग्रेसकै सहयोगमा जित हात पारेका हुन् ।

जिल्लामा यो पटकको निर्वाचनमा स्वतन्त्र सहित ९ राजनीतिक दलले भाग लिएका थिए भने १२ सय ४० जनाको उम्मेदवारी परेको थियो । आठ स्थानीय तहमा रहेका ७५ वडामा एक स्वतन्त्रसहित ४ राजनीतिक दलबाट ३९१ जना जनप्रतिनिधि आगामी पाँच वर्षका लागि निर्वातिच भएका छन् ।

स्थानीय तह प्रमुख–उपप्रमुखमा कसले कति मत ल्याए ?

१. खिजिदेम्वा गाउँपालिका
अध्यक्ष
गम्बु शेर्पा/जनता समाजवादी पार्टी, नेपाल– २८८२
भुपेन्द्र बहादुर बस्नेत/नेपाली काँग्रेस– २७५२
उपाध्यक्ष
सुशिला तामाङ/नेपाली काँग्रेस– २८२४
मान कुमारी तामाङ/जनता समाजवादी पार्टी, नेपाल– २२४१

२. चम्पादेवी गाउँपालिका
अध्यक्ष
नवराज केसी खत्री/नेपाली काँग्रेस– ४७१५
खड्ग बहादुर कार्की/एमाले– ४५६०
उपाध्यक्ष
दलिा माया मगर/एमाले– ४५१३
कुषा पुलामी /नेपाली काँग्रेस– ४४७८

३. चिशंखुगढी गाउँपालिका
अध्यक्ष
निशान्त शर्मा बास्तोला/माओवादी केन्द्र– ३१९८
अशोक कुमार थापा /एमाले– २६९१
उपाध्यक्ष
सन्तोष बाबु थापा/नेपाली काँग्रेस– ३११६
सुष्मकिा राई/एमाले–२०५०

४. मानेभञ्ज्याङ गाउँपालिका
अध्यक्ष
ज्ञानेन्द्र रुम्दाली/स्वतन्त्र– ५०२१
रुप लाल तामाङ/एमाले– ३८१६
उपाध्यक्ष
आश्राचन राई/नेपाली काँग्रेस –४७५०
दिपेन्द्र रुम्दाली/जनता समाजवादी पार्टी, नेपाल– २५७७

५.मोलुङ गाउँपालिका
अध्यक्ष
उत्तम राई /एमाले–४०५२
राजन कुमार दाहाल/नेपाली काँग्रेस– ३४६२
उपाध्यक्ष
उर्मिला खतविडा /एमाले– ४२००
कुल बहादुर खत्री/माओवादी केन्द्र– २०९६

६. लिखु गाउँपालिका
अध्यक्ष
अशोक कुमार कार्की/नेपाली काँग्रेस– ३७७६
मलिन कुमार विष्ट/एमाले– ३४९२
उपाध्यक्ष
अस्मिता थापा/एमाले– ४११६
प्रेम कुमारी दाहाल/नेपाली काँग्रेस– ३०८३

७. सिद्दिचरण नगरपालिका
प्रमुख
तेजन खनाल/नेपाली काँग्रेस – ६८३४
इच्छा कुमारी गुरुङ्ग/एमाले– ५६५०
उपप्रमुख
केदार बाबु बस्नेत/एमाले– ५६९८
रुपेश शाक्य/माओवादी केन्द्र– ५१८२

८. सुनकोशी गाउँपालिका
अध्यक्ष
कमल तामाङ/नेपाली काँग्रेस– ५३९९
इन्द्र बहादुर खडका /एमाले– ४१७४
उपाध्यक्ष
सुनिता अधिकारी/नेपाली काँग्रेस– ५२१५
सरस्वती कार्की,पौडेल/एमाले–४१८८

प्रतिक्रिया दिनुहोस
Advertisement