गण्डकी प्रदेश सरकारमा २ मन्त्री नियुक्त


पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्दै २ मन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री अधिकारीले सोमबार एमालेबाट सीताकुमारी सुन्दास र वेदबहादुर गुरूङ ‘श्याम’लाई मन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीलाई सोमबारै पोखरा सभागृहमा पद तथा गोपनियताको शपथ गराएका छन् ।

सुन्दासले सामाजिक विकास र वेदबहादुरले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको रूपमा शपथ लिएका छन् ।

गण्डकीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ७ मन्त्रालय छन् । चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले माओवादीका हरिबहादर चुमान र स्वतन्त्र सांसद राजिव गुरूङउर्फ दीपक मनाङेलाई मन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement