सरकार ढाल्ने प्रयास असफल भएपछि माधव नेपालले बोले झुट


काठमाण्डु- सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस) ले पार्टीभित्र अन्तरविरोध नभएको बताउँदै नयाँ समीकरण बनाउने चर्चा पनि निराधार रहेको जनाएको छ ।

। जनता समाजवादी पार्टी विभाजनका सन्दर्भमा नेकपा एसले आफ्नो पार्टी पनि वैकल्पिक समीकरणको कसरतमा लागेको भन्ने आरोपलाई खण्डन गर्दै वर्तमान सत्ता समीकरणप्रति प्रतिबद्ध भएको जनाएको हो।

नेकपा एसको सोमबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालले सरकारका कतिपय काम कामप्रति असन्तुष्टि भए पनि वैकल्पिक समीमकरण बनाउने खोजेको भन्दै गलत प्रचार गरिएको बताए।

‘म, शेरबहादुर देउवा र उपेन्द्र यादवबीच वैकल्पिक समीकरण बनाउनेबारे छलफल नै भएको छैन। अर्को समीकरण बनाउन खोजेको भन्ने हल्ला गलत हो । सत्तारुढ दलमा समस्या भए छलफल गरेर समाधान गरिनुपर्छ। यो समीकरणको विकल्पमा जाने होइन, बरु उत्पन्न समस्या छलफलबाट समाधान गरेर जानुपर्छ।’, उनले भने ।

सरकार ढाल्ने आफ्नो प्रयास असफल भएपछि माधव नेपालले हालको समीकरणको विकल्पमा जाने कसरत नगरेको भन्दै आफ्नो बचाउ गरेका हुन् । जसपा नेपाल फुटेपछि माधव नेपाललाई ठुलो धक्का लागेको छ । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बैकल्पिक गठबन्धन बनाउने तयारी गरेका थिए ।

आफूले यो सरकार छाडे जसपा पनि आफ्नो साथमा आउने भन्दै आफूलाई प्रधानमन्त्री बनाउन माधव नेपालले देउवासँग  बार्गेनिङ  गरिरहेका थिए । तर, जसपा फुटेपछि माधव नेपालले आफूले गठबन्धन फेर्न कुनै पहल नगरेको भन्दै झुटो बोलेका छन् ।

माधवले हालको गठबन्धन छाडेमा एकीकृत समावादीमा समेत विभाजन हुने चर्चा भइरहेका बेला उनले आफूले सत्ता गठबन्धनको विकल्प नसोचेको बताएका हुन् ।

यसभन्दा अघि नेपालले गठबन्धनमा आफु सन्तुष्ट नभएको र कुनै पनि बेला गठबन्धन टुट्नसक्ने सार्बजनिक रुपमा बयान दिदै आएका थिए । तर, नेता झलनाथ खनालले उनको विपरित बयान दिदै आएका छन् । जसपा फुटेसँगै नेपालले गठबन्धनमा पारेको दबाब कम भएको छ ।

यो पनि पढ्नुहोस्, जसपा विभाजन: सरकार ढाल्ने माधवको प्रयास असफल, सुदूरका मुख्यमन्त्रीको पद धरापमा

प्रतिक्रिया दिनुहोस
Advertisement