ओलीको ‘पानीजहाज सपना’ जोडिएको जलमार्ग मोदीले उद्घाटन गर्दै


काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बनारसमा एक महत्वाकांक्षी योजनाको लागि पुगेका छन् । जहाँ उनी दुई विशाल भनिएका जलमार्ग योजनाको उद्घाटन गर्ने छन् । ‘मल्टी मोडल टर्मिनल’ नाम दिइएका दुई योजना उद्घाटनसँगै मोदीको योजनासँग बृहद अपेक्षा पनि गरिएको छ ।

जब कि, यी मार्ग गंगा नदी हुँदै ब्यापारिक मार्गको नयाँ र भारतकै सर्वाधिक लामो ब्यापारिक मार्ग हुन् । प्रयागराज–हल्दिया जलमार्गको पूरा दूरी १ हजार ६ सय २० किलोमिटर छ । जुन परियोजना सम्पन्न भएपछि भारतकै अहिलेसम्मको सबैभन्दा लामो जलमार्ग हुने छ ।

स्मरणीय के छने, ब्रिटिश सरकारबाट भारत स्वतन्त्र हुनुअघि सोही मार्गलाई सामान ढुवानीको लागि प्रयोग गरिन्थ्यो । सन् १९८६ मा दोस्रो पटक तत्कालिन भारत सरकारले उक्त योजनालाई सुरु गर्न खोजे पनि मोदी सरकारले उक्त परियोजनालाई ब्यूँताउन खोजेको हो ।

यस योजनासँगै भारतका चार राज्य पश्चिम बंगाल, झारखण्ड, बिहार र उत्तर प्रदेश प्रत्यक्ष रुपमा जोडिने छन् । ती चार राज्यमा २० टर्मिनल राखिएको यस जलमार्गको क्षमता १२ लाख टन हुने बताइएको छ । यसअघि नै भारत सरकारले वाटर–वे २०१६ को नीति वमोजिम देशका १ सय ११ जलमार्गलाई राष्ट्रिय जलमार्ग घोषणा गरिसकेको छ । जसको कुल लम्बाइ १४ हजार ५ सय किलोमिटर छ । यी सबै जलमार्ग सम्पन्न हुँदासम्म ६० हजार मानिसले रोजगारी पाउने सरकारले बताएको छ ।

नेपालको पानी जहाज योजना 

भारतको महत्वाकांक्षी जलमार्ग योजनासँगै नेपाल, चीन, बंगलादेश समेत जोडिने बताइएको छ । खासगरी नेपालमा केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बनेपछि ‘छिट्टै पानी जहाज ल्याइने छ’ भनी घोषणा गरेका थिए । ओलीको ‘पानी जाहाज ल्याउने’ घोषणा भारतीय जलमार्गको योजनासँग सम्बन्धित छ । भारतको जलमार्ग योजना जति चाँडै सम्पन्न भयो नेपालमा पानी जहाज ल्याउने योजना पनि उत्तिकै चाँडो सम्पन्न हुने पनि अपेक्षा गरिएको छ ।

यसअघि नै नेपालको प्राविधिक टोलीले भारतको गंगा नदी ९एनडब्लू–१०को निर्माणाधीन कोलकाता हल्दिया–वाराणसी जलमार्गको अध्ययन गर्ने बताइएको छ । यस्तै भारतीय पक्षको विशेषज्ञ टोलीले नेपालतर्फ कोसी तथा नारयणी नदीमा जल यातायातको स्थलगत अध्ययन गरी दुबै पक्षबीच छलफल गर्ने सहमति भइसकेको छ । यी पहल मूलतः नेपालमा पानी जहाज ल्याउनका लागि लक्षित छन् । यो समाचार आजको अन्नपूर्णपोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement