वैदेशिक रोजगार व्यवसायी पारस पुरीमाथि गोली प्रहार


काठमाडौँ – कपिलवस्तुको कृष्णनगरमा वैदेशिक रोजगार व्यवसायी पारस पुरीमाथि गोली प्रहार भएको छ । आइतबार राति खाना खाएर घरमै बसिरहेका पुरीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

४५ वर्षीय पारस पुरी कृष्णनगर नगरपालिका वडा नम्बर १० का हुन । घरमा बसिरहेको अवस्थामा मोटरसाइलमा आएका दुई जनाले गोली हानेर भागेको प्रत्यक्षदर्शीले बताएका छन ।

व्यक्तित रिसिबिइकै कारण पुरीमाथि गोली प्रहार भएको अनुमान गरिएको छ । गोली प्रहारबाट घाइते पुरीको छातीमा दुई गोली लागेको प्रहरीले जनाएको छ । कपिलवस्तुकै शिवराज अस्पतालबाट रिफर गरिएपछि उनलाइ थप उपचारका लागि भैरहवा लगिएको छ । यो समाचार आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement