पाँचथर हत्या : सातथरी प्रश्न


पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ को आरुबोटेमा सोमबार राति दुई परिवारका नौजनाको हत्या भएको छ । ससुराली बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्माको परिवार लगभग सखाप भएको छ । दुई परिवारको हत्यामा अर्का ज्वाइँ मानबहादुर मोखिमको संलग्नता रहेको प्रारम्भिक अनुमान गरिएको छ । तर, मानबहादुर पनि मुख्य घटनास्थलभन्दा करिब २५ किलोमिटर टाढा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मानबहादुरसँग मोटरसाइकललगायत कुनै सवारीसाधन नभएको स्पष्ट भएको छ । तर, सोमबार राति ससुरा र ज्वाइँको घरमा सुतेका नौजनाको हत्या गरेर मानबहादुर बिहान हुनुअघि २५ किलोमिटर टाढा कसरी पुगे रु प्रहरीले जवाफ दिन बाँकी छ ।

 सिलाइ–कटाइ तालिमको खाजा खाँदा नुनमा सिसा कसले मिलायो ?

घटनामा ससुरा बमबहादुर फियाक, श्रीमती पुर्सीमाया र ३५ वर्षीया छोरी मनकुमारीको हत्या भएको छ । त्यस्तै, बमबहादुरकी साइँली छोरीका छोरा आसे फियाकको पनि त्यही घरमा हत्या भएको छ । त्यस्तै, बमबहादुरका ४१ वर्षीय माइँला ज्वाइँ धनराज शेर्मा, उनकी ४० वर्षीया श्रीमती जस्मिता, कक्षा ९ मा पढ्ने १४ वर्षीया छोरी युहाना, कक्षा ४ मा पढ्ने आठ वर्षीया मुना र कक्षा १ मा पढ्ने ६ वर्षीया इच्छाको पनि हत्या भएको छ ।

सो गाउँमा सिलाइ–कटाइसम्बन्धी तालिम चलेको र गत साता धनराजको घरमा खाजा खाने सबैजसो गाउँले बिरामी भएको स्थानीय अस्पतालले पनि पुष्टि गरेको छ । नुनमा सिसाको धुलो मिसाएर हत्याको प्रयास गरेको भन्दै ज्वाइँ मानबहादुरमाथि नै आशंका गरिएको थियो । साढुको घरमा आएर भान्सामा पसेर उनले तरकारीमा सिसा कसरी मिसाए ? अहिलेसम्म खुलेको छैन । उनी त्यो दिन गाउँमा आएको कसैले पुष्टि गरेको छैन । यो समाचार आजको नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement