पत्रकारलाई सडक सुरक्षा रिपोर्टिङ्ग तालिम : आवस्यकता र महत्व


हरिहरसिंह राठौर

धादिङ – हामी पत्रकारको चाहना सकेसम्म दुर्घटनाका समाचार लेख्नै नपरोस् भन्ने हो । तैपनि दुर्घटना दैनिक हुन्छ हुने गर्छ ।

दुर्घटना शुन्यमा झार्न सकिन्न तर विभिन्न विधी र प्रकृया अपनाएर न्युनीकरण गर्न अवस्य पनि सकिन्छ । पत्रकारले लेखेका दुर्घटनाका समाचारले सडक सुरक्षा निती तय गर्ने निती निर्माताहरुका आंखा खुल्न सक्छन् ।

दुर्घटना हुन साथ हामी घटनास्थलमा पुग्ने पत्रकार हौं । दुर्घटनाको पहिलो सूचना कि त प्रहरीलाई पुग्छ कि त पत्रकारहरुलाई । तर दुर्घटनास्थलमा पत्रकारको कर्तव्य समाचार संकलन मात्रै हैन उद्धारकर्मीको पनि भुमिका पनि त्यत्तिकै निर्वाह गरेका हुन्छौं । तपाईको सहयोगले घाईतेहरुको मृत्यु हुनवाट जोगिन सक्छ ।

 

दुर्घटना पछिको आधारभूत विवरण र जानकारी त आफनो उपल्लो तहलाई जिल्ला प्रशाासन, जिल्ला प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धानले पनि पठाउछन् तर हामी पत्रकार त्यो भन्दा फरक र अझै विस्तृत ढंगले पाठक र श्रोताले सहज ढंगले बुझने गरि सुरक्षा निकायले खोज्न र पहिल्याउन नसकेका कुरा , कानले सुने भन्दा फरक कुरा, यस्तो पो रहेछ वास्तविकता भन्ने गरि समाचार संकलन र संम्प्रेषण, प्रकाशन गर्नु मुख्य दायित्व हो । सवारी दुर्घटना भए मात्रै पटके समाचार पठाउने पत्रकारको दायित्व यति मात्रै हैन ।

यस अघि पछिका समयमा पनि दुर्घटनाका थप फलोअपहरु , सडक सुरक्षा, सडकको अवस्था, नागरिक र सडकको अन्तर सम्वन्ध, सडकले ल्याएको सामाजिक परिवर्तन, आर्थिक विकास, सडक सुरक्षामा राज्यको पहल, राजमार्ग मर्मतका कुराहरु पनि लेखेर निती निर्माता तह सम्म झस्काई रहनु पर्छ, किनकी दाउरा नझोसे सम्म आगो बल्दैन ।

दुर्घटनाका समाचार सिधै मानवीय संवेदनासंग जोडिएको हुन्छ । समाचार यस्तो लेख्नुस् कि तपाईको गृहणी आमा वा हजुर आमाले पनि सरल तरिकाले वुझुन र समाचार यस्तो नलेख्नुस् कि तपाईका सम्पादकले भोलिपल्टै माफी माग्न नपरोस् । अरु सबै कुरा आफैले भोगेर सुधार गर्ने विषय हुन सक्छन् तर दुर्घटना आफैले भोगेर सतर्क हुनु पर्ने विषय कदापी हैन ।

विभिन्न मूलधारका संचारमाध्यमहरुबाट सडक सुरक्षाका उपायहरुको खोजी गर्ने खालका समाचार सम्प्रेषण, प्रकाशन प्रकाशन हुनुपर्छ अनी मात्रै सडक दुर्घटना रोक्ने भौतिक तथा निती कार्यान्वयन हुन्छ भने मूल उदेश्यका साथ विश्व स्वास्थ संगठनले काठमाडौं मेडिकल कलेज र नेपाल ईन्जुरी अध्ययन केन्द्रले राजधानी लगायत देशको सबै भन्दा बढी सडक दुर्घटना भैरहने छिमेकी जिल्ला धादिङका विभिन्न संन्चार माध्यममा कार्यरत पत्रकारहरुलाई पटक पटक सडक सुरक्षा रिपोर्टिङ्ग तालिम विषयक अभिमूखीकरण तालिम प्रदान गरि सकेकोछ ।

उक्त तालिमले आफुलाई सडक दुर्घटना र सडक सुरक्षा विषयक नयाँ विषयहरु उठान गर्न सहज भएको देश सन्चार अनलाईनकी फोटो पत्रकार वर्षा शाह बताउँछिन् । अनुसन्धान केन्द्रको मूल चासो सडक सुरक्षा र सडक दुर्घटनाका विषयमा सबै जिल्लाका पत्रकार र सन्चारमाध्यमहरुले विशेष महत्व दिएर अकालमै हुने मृत्यु, अंगभंग, आर्थिक क्षती हुनबाट जोगाउन राज्यको ध्यान केन्द्रित गरुन भन्ने नै हो ।

विरामीको व्यापार, महंगा अस्पताल र एम्वलेन्सको सिण्डीकेट, राज्यको वीमा पोलिसी, घाईतेको उपचार, सडक र राजमार्गको भौतिक सूधार, ग्रामिण सडकहरुको अवस्था सुधार र जथाभावी भीर पहरा खनेर सडक निर्माण गर्ने हचुवा नितीमा परिवर्तन आउनु पर्छ भन्ने मुख्य आशय रहेको नेपाल ईन्जुरी अध्ययन केन्द्रका निर्देशक डाक्टर सुनील कुमार जोशीले वताउनु भयो ।

‘यस विषयमा तालिम लिएका विभिन्न संचारमाध्यमहरुम कार्यरत पत्रकार मित्रहरुले आ आफना संचार माध्यमहरुमा सडक दुर्घटना पछि हुने मृतक र घाईतेहरुका संख्या मात्रै नदिएर सडक सुरक्षा विषयमा राज्यले अवलम्वन गर्नु पर्ने दायित्व बोध गराउने सल्लाश, सुझाव समेत दिन सक्नु पर्छ । दुर्घटनाका मूल कारण र दुर्घटनामा कस्को दायित्व कति ? सवै प्रष्ट पार्न सक्नु पर्छ ’ ईन्जुरी अनुसन्धान केन्द्रकै डाक्टर पुष्पराज पन्त बताउनुहुन्छ ।

दुर्घटनाका समाचार संकलन गर्दा निम्न कुराहरुको ख्यालगरे सुनमा सुगन्ध हुने थियो :

  • दुर्घटना भनेको के ? के के लाई दुर्घटना मान्ने ? दुर्घटना कति प्रकारका हुन्छन् ? तपाईले देखेका आफैले भोगेका दुर्घटना के के हुन ?
  • तपाई पत्रकार हो । दुर्घटनाको पहिलो सूचना तपाईले नै सवै भन्दा पहिला कसरी पाउनु हुन्छ ? सूचना पाउने भरपर्दो र स्थायी श्रोत सन्जाल खडा गर्नु भएको छ ?
  •  अथवा तपाई दोश्रो तेश्रो हो ? हालसम्म कसरी थाहा पाउनु हुन्छ वा पाउने गर्नु भएको छ ? पहिलो सूचना पाउने बन्ने प्रयास किन गर्नु भएन ?
  •  सूचना पाउने सन्जाल कति बनाउनु भएको छ ? कि त अरुले सामाजिक सन्जालमा पोष्ट गरेपछि, अन्य अनलाईनले लेखेपछि, हल्ला भएपछि, स्थानीय रेडियोले भनेपछि ? जिल्लाका अन्य पत्रकार साथीहरुले भनेपछि ?
  • दुर्घटनाको सूचना पाउन साथ सत्यता कसरी परिक्षण गर्नु हुन्छ ? कसरी विस्वस्त हुनुहुन्छ ?
  • दुर्घटनामा सबभन्दौ प्रथममा पुग्न के के प्रयास गर्नुहुन्छ ? दुर्घटनामा उद्धारमा अनिवार्य पुग्न पर्ने प्रहरीसंग दुर्घटनास्थल आफुलाई पनि लैजान भनेर समन्वय गर्नु हुन्छ कि हुन्न ?
  • दुर्घटनाको सूचना पाउन साथ सवै भन्दा पहिला कस्लाई फोन गर्नुहुन्छ ? वा दुर्घटनास्थल तिर दौडनु हुन्छ ? अथवा सानै रहेछ भनेर वेवास्ता गर्नुहुन्छ ?
  • दुर्घटना हुन साथ समाचार संकलन गर्न जांदा आफ्नो पुर्व तयारी, पुवर्ज सावधानी र सुरक्षा अपनाउनु हुन्छ कि हुन्न ? आफुसंग भएका उपकरणहरु लिन घर तिर दौडनु हुन्छ कि ? क्यामरा लगायतका आवस्यक उपकरणको आवस्यकतालाई महत्व दिनु हुन्न ? परिचय पत्र झुण्डाएर, पत्रकारको जाकेट लगाएर जानु उपयुक्त देख्नु हुन्छ कि हुन्न ?
  •  उपकरणहरुको गुणस्तर केछ ? हतारमा दौडदा क्यामराको व्याट्री, मेमोरी कार्ड, अतिरिक्त लेन्स, मोवाईलको व्याट्री, दुर्घटनास्थलमा उपयुक्त हुने जुत्ता वा हिडडुल गर्न मिल्ने पोशाकमा ध्यान दिनु हुन्छ कि हुन्न ? दुर्घटनास्थलमा जांदा ल्यापटप संगै वोकेर कुदनु हुन्छ कि ? मोवाईलले धमाधम खिचेर तत्काल मिडियालाई पठाउनु हुन्छ ? परिचय पत्र र पत्रकार लेखेको जकेटको आवस्यकता महसुुस गर्नु हुन्छ कि हुन्न ?
  • कहिले हामी आफैका क्रियाकलापले उद्धारकर्मीहरुलाई उल्टै वाधा पारि रहेको त छैनौं ? उद्धार गरि रहेका सुरक्षाकर्मीहरु लाई अलग्गै वोलाएर ताजा वस्तु स्थिती वताई दिन कर गर्छौ कि ? तत्काल यो कति आवस्यक छ ? उद्धारलाई वाधा पर्छ कि पर्दैन ? दुर्घटनास्थलमा उद्धारमा संलग्न सुरक्षाकर्मीहरु मध्य सवै भन्दा ठुलो पोष्टको खोज्नु हुन्छ कि जो अगाडी छ त्यसैसंग सोध्नु हुन्छ ?
  • दुर्घटनास्थलमा प्रत्यक्षदर्शी कोहि थिए ? खोज्नु हुन्छ कि हुन्न ?
  • दुर्घटनास्थलमा संचार अवस्था कस्तो छ ?
  • दुर्घटनानमा पैदल यात्रुको मृत्यु भए मृतकको अवस्था कस्तो ? मदिरासेवन, वाटो काटदै गरेको, मानसिक रोगी वा सडक छेउमा वा फुटपाथमै चढेर सवारी साधनले ठक्कर दिएको ? सडकमा रहेका वालवालिका जोगाउन वा पशुवस्तू जोगाउन दुर्घटना भएको हो ?
  • दुर्घटनास्थल पुग्नु भयो भने सबै भन्दा पहिले के गर्नु हुन्छ ? घाईतेको उद्धारमा खटिनु हुन्छ कि ? थप सहयोगको लागी सल्लाह वा व्यवस्था गर्न लाग्नु हुन्छ कि धमाधम तस्वीर मात्रै लिनु हुन्छ ? तपाईले तस्वीर लिने ५ मिनेटको महत्वपुर्ण समयमा कुनै घाईतेको तत्काल उद्धार गर्नु भयो भने घाईतेको जिवन वच्ने संभव छ कि छैन ?
  • अथवा विभत्स तस्वीर खिच्न नसक्ने, हातखुट्टा लुला हुने काम्ने, हेर्न नसक्ने स्थिती छ की ? अथवा दुर्घटनाका विभत्स दृश्यले अर्को दुर्घटनामा जाने मन नलाग्ने हुन्छ कि ? हप्ता दिनसम्म त्यहि घटनाको झल्को आउछ कि ? अथवा जति विभत्स भए पनि सामान्य लिनु हुन्छ ?
  • घटनास्थल पुग्नु भयो भने वस्तुस्थिती अवलोकन गरि आफ्नो मिडियालाई पहिलो व्रेकि¨ के दिनु हुन्छ ? वा तपाईको मिडिया हाउसका एफएम, टिभी, र पत्रिका, अनलाईन सवैछन् , सवैभन्दा पहिले समाचार पठाउदा कस्लाई पठाउनु हुन्छ ?
  • उद्धारको अन्तिम समय सम्म आफै वस्नु हुन्छ ?
  •  दुर्घटनास्थलमा उद्धारको प्रगति के छ ? स्वास्थ्यकर्मी, उद्धारका भरपर्दा उपकरण , विपद व्यवस्थापन तालिम पाप्त उद्धारकर्मी , सुरक्षा निकायका कुन कुन अंग आएका छन् कि ? ठुला दुघद्र्धटनामा जिल्लाका को को सुरक्षा प्रमुखहरु आएका छन् ? ख्याल गर्नु भएको छ ? उद्धारमा सवै भन्दा वढी निर्देशन कस्ले दिने गरेको छ ? ख्याल गर्नु भएको छ ?
  • दुर्घटनास्थल वरपरका पसलेहरुले सामान मंहगोमा वेच्ने पलmाईदा त उठाई रहेका छैनन् ?
  •  दुर्घटनाका विभत्स तस्वीरहरु कति खिच्छौं र कति प्रयोग गछौं ? दुर्घटनास्थलमा आफ्नो सेल्फी खिच्नु मानवीय संवेदना होकि हैन ? घटनास्थलको सेल्फी खिचेर आफ्नो सामाजिक सन्जालमा पोष्ट गरे अन्य मिडियाले प्रयोग गर्न सक्छन् कि सक्दैनन् ?
  •  घाईतेको उद्धार समयमा भएको छ कि छैन ? उपचारका लागी स्वास्थ्य संस्था कति टाढा छ ? घाईते ओसार्ने स्थान विकट छ कि सहज छ ? घाईते वोक्ने एम्वुलेन्स तैनाथ छन कि छैनन् ? एम्वुलेन्स नभए विकल्प के के छन् ? ख्याल गर्नु भएकोछ ? घटनास्थलमा पर्याप्त उद्धारकर्मी छन कि छैनन् ? उद्धारमा के के सामाग्री र उपकरण प्रयोग भएका छन् ? उद्धारकर्मीहरुमा वढी सरकारी निकाय परिचालित छ कि स्थानीयवासीहरु ?
  •  दुर्घटनास्थलको तस्वीर खिच्ने तमासेहरुले उद्धार र समाचार संकलनमा , फोटो पत्रकार हरुलाई कत्तिको वाधा पारेका छन् ? वाधा पारेको भए सुरक्षा निकायहरुलाई भन्नु हुन्छ ?
  •  दुर्घटनास्थलमा मोवाईल , झोला, लगायत अन्य मुल्यवान सामाग्री छरपष्ट हुन्छन् ? सुरक्षा छ कि छैन
  •  घाईतेको अवस्था के कस्ता छन् ? सामान्य प्राथमिक उपचार गरेर फर्कन सक्ने अवस्था होकि ? डल्लो पारेर एम्वुलेन्समा कोचेर काठमाडौं दौडाउन पर्ने थियो ?
  •  कुनै पनि दुर्घटनाको अन्तिम आधिकारिक श्रोत कस्लाई मान्नु हुन्छ ?
  •  घटनास्थलवाट फर्केपछि दुर्घटनाकै ख्याल आई रहने, खाने मन नलाग्ने ? डर लाग्ने , सपनामा पनि दुर्घटनाकै सेरोफेरो देखिने त हुदैन ?
  •  मृतक र घाईतेहरुको व्याकग्राउण्ड, चालकको व्याकग्राउण्ड, चालकको यो घटना पहिलो वा दोश्रो खोज्नु हुन्छ ?
  •  दुर्घटनाको कारण कसरी पत्ता लाउनु हुन्छ ? खोज्नु हुन्छ कि हुन्न वा प्रहरीले जे भन्यो त्यहि सत्य हो ? सवारी साधनको नंवरप्लेट फेला परेन ? तर कसरी पत्ता लगाउने ?
  •  दुर्घटनावाट हुने सामाजिक, आर्थिक क्षती, घाईते वा मृतक परिवारजनमा हुने थप र दिर्घकालिन समस्या उठान गर्नु हुन्छ ? वीमा औषधीपउपचार, स्वास्थ्यवीमा, मृतक वीमा, चालक लाई कानुनी कारवाही, ठुला अस्पतालले मागे जति रकम दिन नसके पछि अस्पतलमा घाईतेहरु वन्धक छन कि ?
  •  दुर्घटना भएको सवारी साधनको तेश्रोपक्ष वीमा थियो कि थिएन ? नविकरण गरिएको थियो कि थिएन ?
  •  कुनै पनि दुर्घटना पछि समाचारमा यस अघिका दुर्घटनाका तथ्याङ्क (मृतक, घाईते, दुर्घटना संख्या) पुनः प्रयोग गर्नु हुन्छ कि हुन्न ? दुर्घटनास्थलमा यस अघि दुर्घटना भएका थिए कि थिएनन् ? भएको भए मिती र मृतक घाईते संख्या उल्लेख गर्न सके उत्तम ।
  •  घाईते वा मृतकहरुका आफन्तजनलाई प्रश्न गर्दा मानवीय संवेदनाको ख्याल गर्नु हुन्छ कि हुन्न ?
  •  दुर्घटनापछि सडक अवस्था सुधार गर्न संबन्धित निकायले कुनै पहल गर्यो कि गरेन ?
  •  दुर्घटनाको समाचारको फ्लोअप कति गर्नु हुन्छ ?
  •  घटनास्थल र घटनाबारे थप जानकारी लिन आफ्नो मिडियाबाट फोन आउछ कि आफै अपडेट गर्नु हुन्छ ? दुर्घटना पछि दिनभर समाचार संकलनमा पाएको सास्ती र संचार खर्च वरावर उपयुक्त पारिश्रमिक पाउनु हुन्छ कि हुन्न ?
  •  घटनावारे थप जानकारी र विवरण छिमेकी जिल्ला वा अन्य मिडियाका पत्रकार साथीहरुले तपाईलाई संग कत्तिको सहयोग माग्छन् ? विवरण र तस्वीरहरु ।
    ड्ड मृतक वा घाईतेको व्यक्तिगत विवरण प्रति चासो लिनु हुन्छ ? जस्तै : वहालवाला सचिव, कुनै कार्यालयको हाकिम , पुर्व सांसद, वा अन्य कुनै सामाजिक प्रतिष्ठा र सार्वजनिक पदमा रहेको व्यक्ति वारे सोधपुछ गर्नु हुन्छ ?
  •  मृतकहरु मध्य, विदेशी, नागरिक, मलिा, पुरुष, नव विवाहित, गर्भवती, सुत्ेकेरी, वृद्धवृद्धाहरु वारे चासो राख्नु हुन्छ कि हुन्न ? पहिचान हुन नसकेका मृतक वा घाईतेको पहिचान खुलाउन के प्रयास गर्नु हुन्छ ?
  •  मृतक वा घाईतेहरुको संख्या पुष्ट गर्नु हुन्छ कि हचुवामा लेख्नु हुन्छ ? कतै मृतकहरुको संख्या १ जना वढी त लेख्नु भएन ? जस्तै ः १ घण्टा अगाडी मृतकको संख्या ९ जना १ घण्टा पछाडी ७ जना लेख्नु पर्ने स्थिती त भएन ? अथवा जिल्लाका सवै पत्रकारहरुले १२ जना लेखे आफुले १३ जना वा ११ जना मात्रै त लेखिएन ?
  •  घाईते वा मृतकको नाम संख्या फरक परयो भनेर दुर्घटना पिडित परिवारको फोन आउछ कि आउदैन ? दुर्घटना पिडित परिवारले तपाईको समचार पढेर सुनेर थप अरु के छ अवस्थावारे जानकारी लिन फोन गर्छन् कि गर्दैनन् ?
  •  सवारी साधन छुटने स्टेशनवाट कति जना यात्रु वोकेर हिडेको थियो ? वाटोमा कति यात्रु थपिए ? कतै सोध्नु हुन्छ ? कि सोध्न पर्दैन ?
  •  आफ्नो जिल्लामा रहेको सडकको लम्वाई, कच्चीसडक र पक्की सडकहरुको संख्या, लम्वाई, निर्माण भएको समय, नियमित संचालन हुने सवारी साधन संख्या, वार्षिक दुर्घटना संख्या, मृत्यु, सख्त घाईते र सामान्य घाईते, हरुको पन्च वर्षीय तथ्याङ्क तपाई संग छ ? यो तथ्याङ्क नियमित अपडेट गर्नु हुन्छ ?
  •  दुर्घटना स्थल वरपर भरपर्दो उपचार सेवा कस्तो छ ? निजी वा सरकारी ? सधै दुर्घटना भैरहेने स्थान नजिकै उक्त स्थान वरपर तत्काल स्वास्थ्य सेवा पाउने व्यवस्था किन भएन ?
  •  दुर्घटना पछि उपचार सेवा कस्तो रहयो ? उपचार गर्ने स्वास्थ्यकर्मी पर्याप्त थिए ? थप उपचारका लागी पठाईएको घाईतेको अवस्था कस्तो छ ? कति खर्च भयो ? कस्ले व्यहोरयो ? संवन्धित यातायात व्यवसायी कम्पनी वा व्यक्तिले आर्थिक सहयोग गरयो कि गरेन ? दुर्घटना वीमा र उपचार खर्च पायो कि पाएन ? चासो राख्नु हुन्छ ?
  •  तपाइले हाल सम्म दुर्घटना विषयक लेखेका समाचारमा लेख्न छुटेको वा थप खोज्न पर्ने केहि छ ?
  •  स्थानीय स्तरमा दुर्घटना स्थलमा समाचार संकलन, सूचना संकलनका क्रममा के वाधा अडचन छन् ? कसरी समस्या समाधान गर्नु हुन्छ ?
  •  यस्तो भयानक दुर्घटनाको समाचार लेखेपछि अर्को दुर्घटना हुंदा फेरी दौडेर जाउ जस्तो लाग्छ कि लाग्दैन ?
  •  दुर्घटना स्थलमा तपाई व्यस्त रहेको वेला पत्रकार भनेर चिनेर तपाईलाई वढी थाहा होला भन्ने उदेश्यले कसैले आएर के भाको हो ? कति क्षती भयो ? भनेर सोध्दा झर्को नमानेर संक्षिप्त उत्तर दिनु हुन्छ कि टालटुले उत्तर दिनु हुन्छ ?
    ड्ड विशेष गरि ठुला पर्वमा धेरै सवारी साधनहरु प्रयोग हुन्छन् । दुर्घटनाग्रस्त चालकको अवस्था : जस्तै रात दिन विगत एक हप्ता देखि आराम गर्न नपाएको, यात्रु चापले सुत्नै नपाएको, लामोदुरीको यात्रामा एक्लैले गाडी चलाउनु परेको, घर झगडा वा घरायसी तनाव, सवारी धनी संगको झगडाले तनाव, सहचालकका लापरवाही ले तनाव, वारे खोजविन गर्नु हुन्छ कि हुन्न ? यस अघिका घटनाहरुमा पनि यिनै चालकको संलग्नता ?
  •  जिल्लामा ग्रामिण निर्माणको संख्या वढदैं रहने तर पुराना सडक मर्मत सुधार नहुने र सडक सुरक्षाका दृष्टिकोणले उपयुक्त छ कि छैन ? यसवारे कति पटक समाचार लेख्नु भयो ? नलेखेको भए लेख्ने सोचमा हुनु हुन्छ ?
  •  नागरिक हरुको सडक सुरक्षा वारे जिल्लाका स्थानीय संचार माध्यमहरुले लोककल्याणकारी सूचना दिन्छन कि दिदैनन् ? सडक सन्जाल पुगेको स्थानमा संचारमाध्यमहरुको सहज पहुंच छ ? स्थानीय संचारमाध्यमहरुले सडक सुरक्षाका कति कार्यक्रम हरु संचालन गर्छन् ?
  •  स्थानीय निकायहरुले सडक सुरक्षाका विषयहरुलाई प्राथमिकतामा रहेका छन् कि छैनन ? सडक सुरक्षामा वजेट विनियोजन गरेका छन्कि छैनन् ?
    ड्ड जिल्लामा नागरिकहरुको सडक सुरक्षामा सचेतना कार्यक्रम कतिले संचालन गर्छन् ? विपद् व्यवस्थापनका तालिम लिएका निकायहरु कति सक्रिय छन् ?
  •  सडक सुरक्षा विषयमा चेतना जगाउन र सडक दुर्घटना न्युनुीकरण गर्न जिल्लाको सुरक्षा निकाय र ट्राफिक प्रहरीले के कस्ता कार्यक्रम संचालन गर्छ ? गरेको छ ? नियमित गर्छ ?
  •  सडक सुरक्षावारे विद्यालय शिक्षा कार्यक्रम लागू गरिएको छ कि छैन ?
  •  अवैध क्रियाकलापमा वा तस्करीमा संलग्न सवारी साधन दुर्घटना भयो, चालकको मृत्यु भयो ? नंवर प्लेट पनि पत्ता लागेन तर सवारी साधन कसरी पत्ता लगाउने ?
  •  पहिलोचरणमा सूचनाको भरपर्दो श्रोत व्यवस्थापन ? कसरी पहिलो सूचना प्राप्त गर्ने व्यक्ति आफै हुने ?
  •  द्र्घटनाको सूचना पाउन साथ एकिन पत्ता कसरी लगाउने ? समाचार संकलन गर्न जानु अघि पुर्वतयारी र पुर्व सचेतता र सतर्कता ?
  •  दुर्घटना स्थलमा समाचार संकलन गर्दा, तस्वीर खिच्दा , उद्धारकार्यमा संलग्न हुंदा, घाईते संग वार्ता गर्दा, घाईते वा मृतकका आफन्त हरु संग वार्ता गर्नु पर्दा, उद्धारकर्मी हरु संग वार्ता गर्नु पर्दा, सूचनाको भरपर्दो अन्तिम श्रोत र दुर्घटनाको अन्तिम फलोअप गर्नु पर्दा ख्याल र ध्यान दिनु पर्ने विशेष व्यवहार संगै घटनास्थलवाटै समाचार पठाउनु पर्दा गर्नु गर्नु पर्ने सावधानी वारे ।
  •  दुर्घटनाका समाचार एकै दिनमै नसकिने खालका पनि हुन्छन् । फलोअप कसरी गर्ने ? यसवारे सामाजिक आर्थिक, घाईतेको अवस्था वारे, मृक र घाईतेको अवस्थावारे फलोअप कसरी गर्ने ?
  •  केन्द्रमा भएका समाचार सम्पादक र व्युरो प्रमुखहरुलाई पनि अभिमुखीकरण गर्नु पर्ने ।
    (लेखक : धादिङमा कार्यरत कान्तिपुर दैनिकमा उपसम्पादक हुनु हुन्छ ।)

प्रतिक्रिया दिनुहोस
Advertisement