पोखराका ५६ मध्ये ५५ प्याराग्लाइडिङ कम्पनी नवीकरण नगरी सञ्चालित


कास्की – पोखराका प्याराग्लाइडिङ कम्पनीले चार वर्षदेखि नवीकरण नगरीकनै व्यवसाय गरिरहेका छन् । ५६ मध्ये ५५ कम्पनीले चार वर्षदेखि नवीकरण गरेका छैनन् । पोखरा महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले पटक–पटक आग्रह गर्दा पनि प्याराग्लाइडिङ कम्पनीहरूले नवीकरण गर्न अटेर गरेको बताए । प्रत्येक कम्पनीले आर्थिक वर्ष ०७२-७३ देखिको एकमुष्ठ नवीकरण शुल्क ८६ हजार र प्रदेश पर्यटन शुल्कबापत एक लाख बुझाउन बाँकी छ ।

महानगरका राजस्व शाखाका वरिष्ठ आन्तरिक लेखापरीक्षक अधिकृत रोमनाथ उपाध्यायले ०७२-७३ को ५ हजार ५ सय, ०७३-७४ को ५ हजार ५ सय, ०७४-७५ को ५० हजार र चालू आव ०७५-७६ को २५ हजार गरी प्रत्येक कम्पनीले नवीकरणबापत ८६ हजार शुल्क बुझाउनुपर्नेछ । यस्तै, प्रदेश सरकारले तोकेको पर्यटन शुल्कबापत प्रत्येकले वार्षिक एक लाख बुझाउनुपर्ने उनले बताए ।

नेपालभर प्याराग्लाइडिङ सेवा सञ्चालन गर्ने गरी ६० कम्पनी दर्ता भएका छन् । त्यसमध्ये पोखरामा कम्पनी खोलेका ५६ मध्ये माउन्ट भ्यु प्याराग्लाइडिङ कम्पनीले मात्रै नवीकरण गरेको महानगरले जनाएको छ । यो समाचार खाजको नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement