पोखरा विश्वविद्यालयअन्तर्गतका ३३५ विद्यार्थीको परीक्षा अन्योलमा

पोखरा विश्वविद्यालयअन्तर्गतका ३३५ विद्यार्थीको परीक्षा अन्योलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – पोखरा विश्वविद्यालयअन्तर्गतका ४२ कलेजका ३३५ विद्यार्थीको परीक्षा अन्योलमा परेको छ। बीबीए र बीबीए–बीआईमा मापदण्डविपरीत भर्ना गरिएका विद्यार्थीको परीक्षा फारम विश्वविद्यालयले नबुझेपछि ती विद्यार्थीको परीक्षामा सहभागिताबारे अन्योल भएको हो।,

विश्वविद्यालयले तय गरेको नतिजा ल्याएका १२ कक्षा उत्तीर्णलाई मात्रै भर्ना गर्नुपर्ने मापदण्ड तोडेर कलेजहरूले विद्यार्थी भर्ना गरेका थिए । कलेजहरूले विद्यार्थीसँग भर्नाबापत ४० हजार र पहिलो सेमेस्टरको ६० हजारका दरले उठाइसकेका छन्। ओपेनका महासचिव नरबहादुर विष्टले बीबीए र बीबीए–बीआईमा भर्ना गरिएका ३३५ विद्यार्थीको परीक्षा फारम भर्ने सवालमा समस्या रहेको बताए।

कलेजहरूले पोखरा विश्वविद्यालयका उच्च पदाधिकारीसँग मौखिक अनुमति लिएर विद्यार्थी भर्ना गरिएको दाबी गरेका छन् । कलेजहरूको संस्था ओपेनले परीक्षा फारम बुझाउन नसकेपछि विद्यार्थीको भविष्य निर्धारण गरिदिन भन्दै सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेको छ। यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।