मुख्यालयमा अड्डा जमाउने प्रहरीका दिन गए


काठमाडौं – प्रहरीभित्र लामो समयदेखि प्रहरी प्रधान कार्यालयमा बसेर आफू अनुकुलको निर्णय गराउँदै आएका प्रहरी कर्मचारीलाई प्रहरी मुख्यालयबाट बाहिर पठाउने अभियान शुरु भएको छ ।

प्रहरी महानिरीक्षक फेरिएपछि हरेक आईजीपीले घोषणा गर्ने तर कार्यान्वयन नहुने यो रोगबाट यसपटक भने प्रहरी मुख्यालय मुक्त भएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयमा ५ बर्षभन्दा बढी बसेका सबै जुनियरदेखि सिनियर अधिकृतलाई मुख्यालयबाहिर पठाउने अभियानको शुरुआत गरेको बताएका छन् । नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement