प्रहरीका ८५० कार्यालयमा छैन शौचालय,आइजीपी खनाललाई सवा दुई करोडको गाडी


काठमाडौं – प्रहरी रिपोर्ट भन्छ, देशभर ८५० कार्यालयमा शौचालय छैन।’ शौचालय अभावमा लोटा लिएर पाखापाखा दुगुर्न बाध्य राष्ट्रसेवक प्रहरीका मुखिया सर्वेन्द्र खनालले भने सवा दुई करोडको टोयोटा ल्याण्डक्रुजर गाडी ल्याएका छन्।

उनको गाडीमा बुलेटप्रुफसमेत जोडिएको छ। दिनरात ड्युटीमा खट्ने प्रहरीका लागि न्यूनतम पूर्वाधारसमेत व्यवस्था नगर्ने प्रधान कार्यालयले महानिरीक्षक (आइजीपी)को विलासिताका लागि भने ठूलो रकम खर्च गरेको छ। आर्थिक वर्षको अन्तिममा करोडौँ बजेट फ्रिज हुन लागेको भन्दै महानिरीक्षक खनालले आफ्नो लागि भव्य गाडी खरिद गरेका हुन्।

तर, यसअघि उनी चढ्ने मित्सुबिसी पजेरोसहित उनको सचिवालयमातहत १९ गाडी परिचालन भइरहेका थिए । अस्थायीबाहेक प्रहरीका दुई हजार २५ कार्यालय छन् जसमध्ये आठ सय ५० कार्यालयमा शौचालय छैन। यी कार्यालयमा हजारौँ प्रहरी ड्युटी गरिरहेका छन् । तर, जम्मा ८९ कार्यालयमा शौचालय निर्माणाधीन छन् ।  प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले सबै प्रहरी कार्यालयहरूमा शौचालय निर्माणका लागि सरकारसँग बजेट माग भइरहेको बताए । प्रतिशौचालय ७ लाखका दरले बजेट माग गरिएको उनले बताए ।यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

 

महानिरीक्षकको सेवामा

१. बा.२झ ३८८४    टोयोटा ल्यान्डक्रुजर जिप (बुलेटप्रुफ)

२. बा.२झ ३५६३    मित्सुबिसी पजेरो जिप

३. बा.१झ ६४३३     टोयोटा ल्यान्डक्रुजर हाइटप जिप

४. बा.१झ ३६६६     निसान सेड्रिक कार

५. बा.१झ ९२९३    मर्सिडिज बेन्ज कार

६. बा.१झ ९८१२    टोयोटा हाइलक्स पिकअप

 महानिरीक्षकको निवासमा निजी नम्बर–प्लेटमा

१. बा.१झ २७७३     निसान सेड्रिक कार (बा.१७च ४१७०)

२. बा.२झ ९३    टाटा इन्डिगो कार (बा.१४च १५८७)

३. बा.१झ २७०३    निसान सेड्रिक कार (बा.१७च ४१७०)

४. बा.२झ १०१    टाटा इन्डिगो कार (बा.१७च १२०१)

५. बा.१झ ६९०६    सेन्ट्रो कार (बा.१४च १५९३)

६. बा.२झ ३८४७    महिन्द्रा स्कारपिओ जिप (बा.१९च ८३२२)

७. बा.२झ ११७९    टाटा स्टोर्म जिप (बा.१२च ६३९८)

८. बा.२झ ३३९२    टोयोटा फर्चुनर जिप (बा.१८च ९२२)

९. बा.१झ ८५१८    मित्सुबिसी पजेरो जिप (बा.११च ९१९८)

१०. बा.१झ ७९८२    महिन्द्रा बलेरो जिप

महानिरीक्षकको सचिवालयमा

१. बा.२झ २२६    महिन्द्रा बलेरो

२. बा.२झ २५१    महिन्द्रा बलेरो

३. बा.१झ ७९८९    महिन्द्रा बलेरो

४. बा.१झ ६९०८    सेन्ट्रो कार (बा.१४च १५९९)

 

प्रतिक्रिया दिनुहोस
Advertisement