प्रहरी नायब निरीक्षक यौनहिंसामा पक्राउ, भिडियो खिचेर वर्षौं ब्ल्याकमेल


काभ्रे – विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती ग¥यो । एक पटकको दुव्र्यवहार मैले आँसु पिएर सहेकै थिएँ । फेरि पनि यौन सम्बन्धका लागि बोलायो । मैले ठाडै इन्कार गरेँ । तर उसले पहिलो सम्पर्ककै बेला भिडियो खिचेर राखेको रहेछ, त्यो देखेपछि म यौनदासी बनेर उसले जहाँ भन्छ त्यहीँ जान थालें । अहिले एक वर्ष भयो, ऊ जहाँ–जहाँ सरुवा हुँदै जान्छ म त्यहीं उसको वासना पूरा गर्न पुग्छु ।’

बालविवाहको पीडा पनि भोगेकी १८ वर्षे किशोरीले प्रहरीलाई बयान दिंदै भनिन् । जनकपुरधाम माइती भई रौतहटको गौरमा विवाह गरी आएकी किशोरीलाई पहिला यादवले नाता जोड्दै सहयोगी व्यवहार देखाए । सहयोगको दबाबमा परेर किशोरीले शारीरिक सम्पर्क राख्न पुगेको उहाँको भनाइ थियो ।

नेपाल समाचारपत्रलाई मंगलबार किशोरीले भन्नुभयो– ‘मेरा श्रीमान् विदेशमा हुनुहुन्छ, घरमा उहाँ नभएको मौका छोपी यादवले मलाई व्यावहारिक काममा सहयोग पु¥याउँथ्यो । भिनाजु भन्दै नाता लगाएपछि शंका गर्ने ठाउँ पनि थिएन । मेरो नियत सफा थियो तर उसको कुदृष्टि मेरो शरीरमा रहेछ ।’ किशोरीका आँखा रसाएका थिए । उहाँ केही बेर रोकिनुभयो, गुलाबी सलले आँखा मिच्दै थप विवरण दिनुभयो, केही समयपछि उसले बजारतिर डुल्न जाऔं भन्यो । मैले शुरुमा त मानिनँ, तर उसको करका अगाडि मेरो केही लागेन, किनकि उसले मलाई संकट परेका बेला सघाएको थियो । आर्थिक सहयोग गरेको थियो ।

किशोरीका अनुसार यादवले किशोरीको माइती गाउँको व्यक्तिले खोलेको होटेल हो भन्दै यादवले रौतहट बजारकै एक होटेलमा लगे । किशोरीले भित्र जान नमानेपछि यादवले हेर्न त हिँड् भन्दै कोठामा लगे र ढोका थुने । ‘मैले नाइँ भन्नै सकिनँ’ –किशोरी आफ्नो विगत बताउँदै रोइरहनुभएको थियो । उहाँका अनुसार जबरजस्ती सम्पर्क राखेपछि उहाँ तत्काल घर फर्किन चाहनुहुन्थ्यो । तर यादवले खाजा खान दबाव दिए, ‘उसले कोकाकोलामा रक्सी मिसाएर मलाई पिलाएको रहेछ । म मातेर लडेपछि उसले भिडियो खिचेको रहेछ ।’ यो समाचार आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement