प्रदेश ३ को राजधानी नुवाकोटमा बनाउन प्रस्ताव दर्ता


काठमाडौं- नुवाकोटका सांसद बद्री मैनालीले प्रदेश ३ को राजधानी नुवाकोटलाई बनाउन माग गर्दै प्रस्ताव दर्ता गरेका छन् ।

मैनालीले ऐतिहासिक, सामरिक, भौतिक हिसाबले नुवाकोट उपयुक्त भएकोले दाबीसहित बिहीबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेका हुन् ।

एमाले नेता मैनालीको प्रस्तावमा एमाले सांसद आशामाया तामाङ, माओवादी केन्द्रका सांसद हिरानाथ खतिवडा र रसुवाकी एमाले सांसद शान्ति थिङले समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement