राजपा र समाजवादीले ११ प्रदेश र बुहराष्ट्रिय मुद्दा ब्युझाउँदै


काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपाल र नवगठित समाजवादी पार्टीले ११ प्रदेशको अजेन्डा र बहुराष्ट्रिय शब्दलाई ब्युझाएका छन्। दुवै पार्टीले आफ्नो घोषणापत्रमा बहुराष्ट्रिय शब्दलाई प्राथमिकताका साथ फेरि चर्चामा ल्याएका हुन्। यसैगरी ११ प्रदेशको अजेन्डालाई राजपाले विधान मस्यौदाको प्रस्तावनमामै राखेको छ भने नवगठित समाजवादी पार्टीले पार्टी गठन हुँदा तयार गरिएको आधार पत्रमा ११ प्रदेशको एजेण्डालाई उठाइएको छ।

तत्कालिन राज्य पुनसंरचना आयोगका बहुमत सदस्यहरूको बुझाएको प्रतिवेदनका आधारमा राजपा र समाजवादी पार्टीले ११ प्रदेशको अजेन्डा उठाएका हुन्। यस अजेन्डामा राजपाका नेताहरू तथा समाजवादी पार्टीका नेताहरू बाबुराम भट्टराई उपेन्द्र यादवलगायतका नेताहरू पनि एक ठाउँमा उभिएका छन्। ११ प्रदेशको अजेन्डालाई तत्कालीन संघीय फोरमले पनि उठाएका थियो।

तत्कालीन संघीय फोरमसँग पार्टी एकीकरण गरेका भट्टराईले पनि अब तत्कालीन यादवको अजेन्डामासहमति जनाएका हुन्। राजपा र समाजवादी पार्टीका नेताहरूले १० वटा भौगलिक प्रदेश र १ गैरभौगलिक प्रदेश गरी ११ प्रदेशको व्याख्या गरेका छन्। आजको नागरीक दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement