भएका रंगशाला सवै अलपत्र,प्रधानमन्त्रीको साथ धुमुर्स सुन्तलीलाई


काठमाडौँ — सरकार प्रमुखको उपस्थितिमा सामाजिक अभियन्ता जोडीले अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न क्रिकेट रंगशाला बनाउने घोषणा गरिरहँदा सरकारकै लगानीमा करिब डेढ दशकअघि सुरु गरिएको मूलपानीको क्रिकेट रंगशाला निर्माण भने अलपत्र छ ।
पुननिर्माणका क्रममा रहेको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला । ३ वर्ष बित्दा पनि काम नसकिँदा ठूला प्रतियोगिताको आयोजना प्रभावित बनेको छ ।
सरकारी लागतमा बनिरहेका परियोजना अस्तव्यस्त राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत बस्ती निर्माण गरेर जनस्तरबाट व्यापक सराहना बटुलिरहेका कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को संकल्प साकार पार्ने आश्वासन सगर्व राखेका छन् । ५ वर्षअघि पुनर्निर्माण थालिएको सरकारको पूरै लगानी रहने त्रिपुरेश्वरस्थित दशरथ रंगशाला अझै ठडिन सकेको छैन । अस्तव्यस्त अवस्थामा छ ।

खेलकुदमन्त्री भएलगत्तै जगतबहादुर विश्वकर्माले सातै प्रदेशमा क्रिकेट रंगशाला बनाउने घोषणा गरेका थिए । सरकारको नीति तथा कार्यक्रममा हरेक निर्वाचन क्षेत्रमा रंगशाला र स्थानीय तहमा खेलमैदान अनिवार्य रहने व्यवस्था छ । कागजी रूपमा धेरै स्थानमा रंगशालाको खाका तयार भएको लामो समय भइसकेको छ । हरेक पटक नयाँ मन्त्री आउँदा पूर्वाधारलाई प्राथमिकता दिइएको हुन्छ तर ती पूरा भएका छैनन् ।

२०६८ सालमा टंक आङबुहाङले नेपाल क्रिकेट संघ (क्यान) को नेतृत्व सम्हालेपछि क्रिकेट संघ अस्तित्वमा रहेका ३६ जिल्लामा रंगशाला निर्माण गर्ने बताएका थिए । उनले आफ्नो कार्यकालमा बहुप्रतीक्षित मूलपानी क्रिकेट रंगशाला पूरा गर्न सकेनन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement