ठप्पै भयाे रेमिट्यान्स


काठमाडौं – रेमिट्यान्सको प्रमुख स्रोतका रूपमा रहेका खाडी मुलुक, अमेरिका, युरोप र भारत कोरोनाको चपेटामा परेपछि रेमिट्यान्स आप्रवाह लगभग ठप्प भएको छ । नेपाल राष्ट्र बैंकको माघसम्मको तथ्यांकलाई केलाउँदा रेमिट्यान्स आप्रवाह घटेको देखिएको छ । जब कि माघमा चीनबाहेक अन्यत्र कारोनाको प्रभाव कम थियो ।

गत वर्षका सात महिना (वैशाख–कात्तिक)मा २८ दशमलव ५ प्रतिशतले बढेको रेमिट्यान्स चालू आर्थिक वर्षका सात महिनामा शुन्य दशमलव ५ प्रतिशतले घटेको हो । यो अवधिमा ५ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आएको राष्ट्र बैंकको तथ्यांक छ । कोरोनाका कारण नेपाली मुद्रा कमजोर भई अमेरिकी डलर बलियो हुँदै जाँदा अमेरिकी डलरमा रेमिट्यान्सको आप्रवाहमा शून्य दशमलव दुई प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा हिसाब गर्दा आप्रवाह १६ प्रतिशतले बढेको थियो ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार आव २०५७÷५८ मा रेमिट्यान्स आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको अनुपात १० दशमलव ७ प्रतिशत रहेकामा आर्थिक वर्ष २०७५÷७६ मा २५ दशमलव४ प्रतिशत पुगेको छ । नेपाललाई अन्तर्राष्ट्रिय दातृ निकाय तथा मित्र राष्ट्रहरूले प्रदान गर्ने विकास अनुदान (ओडिए) तथा नेपाल भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)को तुलनामा रेमिट्यान्स आप्रवाह अधिक भएकाले हालको अवस्थामा नेपालको विदेशी विनिमय सञ्चितिको प्रमुख आधारका रूपमा रेमिट्यान्स रहेको छ ।

रेमिट्यान्सले परिवारको आम्दानी वृद्धि गरी गरिबी न्यूनीकरणमा प्रत्यक्ष प्रभाव पार्दै आएको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०६७÷६८ अनुसार करिब ५६ प्रतिशत नेपाली घरपरिवारले रेमिट्यान्स प्राप्त गर्ने गरेका छन् । आव २०६०÷६१ मा गरिबीको रेखामुिन रहेको जनसंख्या ३०.९ प्रतिशत रहेकामा आव २०७४÷७५ मा १८.७ प्रतिशत पुग्नुमा रेमिट्यान्सको महŒवपूर्ण योगदान रहेको छ ।

संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म निरपेक्ष गरिबीलाई एकल अंकमा झार्न रेमिट्यान्स आप्रवाहले मद्दत पु¥याउने विश्वास गर्दै आएकामा अनपेक्षित रूपमा आएको कोरोना भाइरसको प्रभावले दिगो विकास लक्ष्यमा नै नकारात्मक प्रभाव पर्ने सम्भावना बढ्दै गएको छ । याे समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement