दुरसंचार प्राधिकरणका प्रमुख झाले किन फिर्ता मागे रिट ?


काठमाडौं – अन्तरिम आदेश भएको बाह्र घण्टा नबित्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा आफूले दायर गरेको रिट निवेदन फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका छन् ।

बिहीबारमात्रै सर्वाेच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले झाको नियुक्ति बदर गर्ने सरकारको हालैको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सो विषयमा छलफल गर्न सर्वाेच्चले साउन ३ मा सरकारी निकायलाई अदालतमा झिकाउने आदेश दिएको थियो।

सर्वाेच्च अदालत स्रोतका अनुसार झा आफैंले उक्त रिट निवेदन फिर्ताको अनुमति माग्दै शुक्रबार निवेदन दर्ता गराएका छन् । सार्वजनिक सरोकारबाहेकका व्यक्तिगत विषयसँग सम्बन्धित मुद्दा स्थापित गर्न सक्दिनँ भन्दै निवेदकले निवेदन दिएमा जरिवानासमेत गरी फिर्ता दिने कानुनी व्यवस्था छ । तर, अन्तरिम आदेश जारी भई सरकारी पक्षलाई समेत झिकाइसकेको अवस्थामा रिट निवेदकले नै रिट फिर्ता माग्नुलाई आश्चर्यजनक मानिएको छ। आजको नागरीक दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement