संघका कर्मचारी कटौती गर्ने मन्त्रलायको तयारी


काठमाडौं- अधिकांश कर्मचारीको रोजाई संघ भएपछि सरकारले संघमा कर्मचारी कटौती गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायका अनुसार समायोजको काम टुंगिएपछि पुनः संगठन तथा व्यवस्थापन सर्भे (ओएएम) गरिने भएको छ।

मन्त्रलायका सहसचिव तथा समायोजन महाशाखाका प्रमुख केदार पनेरुले समायोजनको काम पूरा भएपछि फेरि अर्को पटक ओएनएमको काम सुरु गर्ने बताएको छ। यसपटक गरिने ओएनएम संघको हकमा मात्र हुनेछ। उनले भने ‘समायोजन प्रक्रिया अधिकांश कर्मचारीको रोजाई संघमा भएपछि संघका दरबन्दी कटौती गर्नुपर्छ भन्ने कुरा आएको छ।

त्यसैले समायोजनको काम टुंगिएलगत्तै संघमा अर्कोपटक ओएनएम सर्भे गछौं।’ पछिल्लो ओएनएम सर्भे रिपोर्टमा ७ सय ५३ वटै स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत संघको मातहतमा रहने व्यवस्था छ। यसैगरी, सातवटा प्रदेशमा प्रमुख सचिव र प्रदेश सचिव पनि संघको मातहतमा रहने व्यवस्था छ। संघको मातहतमा रहेका कर्मचारी पदहरु प्रदे र स्थानीय तहको मतहतमा आउन सक्ने मन्त्रालयले जनाएको छ। याे खबर अाजकाे नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement