शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित


काठमाडौं – प्रतिनिधिसभाको आईतबारको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको छ। पूर्व सांसद कमलप्रसाद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो दुई बजेसम्मका लागि स्थगित गरिएको हो।

२०७० सालको संविधानसभा निर्वाचनमा स्याङ्जा–२ का निर्वाचित पूर्व सांसद पंगेनीको हृदयघातका कारण आईतबार विहान ५ बजेर ३० मिनेट जाँदा स्याङजास्थित आफ्नै निवासमा निधन भएको थियो।  प्रतिनिधिसभा बैठकले ५४ वर्षीय पूर्व सांसद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गरेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement