अक्षरांकन पद्धतिले गुणस्तर झन खस्कियो एसइई नतिजा !


काठमाडौं – यस वर्षको माध्यमिक परीक्षा (एसइई) को नतिजा शनिबार सार्वजनिक भएको छ। गत चैतमा सञ्चालित एसइई परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयले शनिबार साँझ प्रकाशित गरेको हो।

नतिजाअनुसार जिपिए ३.६५ देखि ४ (ए प्लस ग्रेड) ल्याउने विद्यार्थीको संख्या १४ हजार दुई सय ३४ जना छ। ३.२५ देखि ३.६० जिपिए (ए ग्रेड) ल्याउने विद्यार्थीको संख्या ४६ हजार एक सय ३० र जिपिए २.८५ देखि ३.२० (बी प्लस ग्रेड) ल्याउने विद्यार्थीको संख्या ४९ हजार ३७ छ।

यस्तै ७० हजार पाँच सय १२ विद्यार्थीले जिपिए २.४५ देखि २.८० (बी ग्रेड) ल्याएका छन्। जिपिए २.०५ देखि २.४० (सी प्लस ग्रेड) ल्याउने विद्यार्थी ६१ हजार आठ सय ७० र जिपिए १.६५ देखि २.०० (सी ग्रेड) ल्याउने विद्यार्थी एक लाख एक हजार ४३ छन्। जिपिए १.२५ देखि १.६० (डी प्लस ग्रेड) ल्याउनेको संख्या ३५ हजार पाँच सय ८४ र जिपिए ०.८५ देखि १.२० (डी ग्रेड) ल्याउने विद्यार्थीको संख्या ५८ हजार ६ सय ८८ छ।

एक्जाम्टेडतर्फ भने एकजना विद्यार्थीले पनि जिपिए ३.६५ देखि ४ (ए प्लस ग्रेड) ल्याउन सकेका छैनन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement