सिंहदरबारभित्र किन हुन्छ ट्राफिक जाम


काठमाडौं – सिंहदरबारमा दैनिक २ हजार ५ सय भन्दाबढी मानिस प्रवेश गर्ने गरेका छन् । संविधानअनुसार सिंहदरबारको अधिकार गाउँ गउँमा पुगे पनि नागरिकहरु भने सिंहदरबार धाउने क्रम घटेको छैन ।

विकास निर्माणको योजनाको र सरुवा बढुकाको काम लिएर नागरिकहरु सिंहदरबार धाउने क्रम अझै जारी छ । सिंहदरबारमा रहेका चार वटै गेटबाट दैनिक २ हजार ५ सय मानिस प्रवेश गर्ने गरेको महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारले बताएको छ ।

दैनिक रुपमा १ हजार ५ सय चार पाङग्रे सवारी साधन र २ हजर मोटरसाइकल सिंहदरबार प्रवेश गर्ने गरेका छन् । चार वटा गेटमध्ये दक्षिण गेटमात्र सर्वसाधारणका लागि सञ्चालनमा छ । दक्षिण गेटबाटै प्रवेश गर्ने र बाहिररिने गरेको कारण ट्राफिक जम हुने गरेको छ ।

सिंहदरबाभित्र पर्याप्त पार्किङ नभएको कारण फुटपाथमा समेत सवारी पार्किङ हुन थालेपछि अहिले भने ट्राफिक प्रहरीले व्यवस्थित गर्ने काम गरिरहेको छ ।यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement