सुशीलालाई लोकमानको १० करोड ‘गोडधुवा’


काठमाडौ‌ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफू विरुद्धको मुद्दा जिताइदिन तत्कालिन प्रधानन्यायाधीश शुशीला कार्कीलाई १० करोड रुपैयाँ ‘गोडधुवा’ दिन खोजेको खुलासा भएको छ।

सुशीलाका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक ‘विमान विद्रोह’ मार्फत लोकमानले घुसको प्रलोभन दिएको खुलेको ‘टोलीमा आएको एकजनाले मलाई सुनायो, चाँदीको खड्कुलोमा राखेर गोडा धुने रे! अर्कोले मलाई छेउमै बोलाएर भन्यो, बाहिर गेटमा रोकिएको गाडीमा १० करोड गोडधुवा छ,’ सुवेदीको पुस्तकमा उल्लेख छ, ‘लोकमान भन्ने मान्छे कति खतरनाक र खुराफाती रहेछ भन्ने मलाई थाहा भयो।’

पुस्तकको यो प्रशंगले ठूला मुद्दामा प्रधानन्यायाधीश र न्यायाधीशलाई प्रभावमा पार्न दिइने प्रलोभन र दबाब उजागर गरेको छ।यो खबर आजको नागरिक दैनिकले छापेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement