घुमाउरो पाराले सरकारले स्वीकार्‍यो, स्वाइनफ्लुले पाँचजनाको मृत्यु


काठमाडौं – अहिलेसम्म स्वाइनफ्लुका कारण मृत्यु हुनेको सङ्ख्या लुकाएको सरकारले पत्रपत्रिकामा यसबारे समाचार प्रकाशित भएपछि त्यसलाई स्वीकारेको छ।

कडा खालको रुघाखोकीका कारण पाँच जनाको मृत्यु भएको भनेर स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले घुमाउरो पाराले स्वाइनफ्लुका बिरामीको मृत्यु भएको तथ्य सार्वजनिक गरेको हो।

नेपालमा सन् २००९ मा यो रोग देखा पर्दा विश्व स्वास्थ्य संगठनले स्वाइनफ्लु भनेको थियो। अहिले पनि विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा स्वाइनफ्लू अर्थात् फ्लू उल्लेख गरेको पाइन्छ। तर नेपाल सरकार रोग नियन्त्रण गर्नुको सट्टा शब्दमा खेलेर बसेको विज्ञहरूको आरोप छ।

काठमाडौँका धेरैजसो अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि चिकित्सकहरूले बिरामीका आफन्तलाई समेत फ्लुको भ्याक्सिन लिन सल्लाह दिएका छन्। केएमसी अस्पतालमा फ्लुको उपचार गराइरहेका बिरामीका आफन्तले कुरुवा बसेका आफन्तलाई खोप लगाएको बेताए। यो खबर आजको नेपाल समाचारपत्र मा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement