तिहारमा ६३ करोडका सामान विदेशबाट, सबैभन्दा बढी भारतको


काठमाडौं – तिहारलाई लक्ष्य गरी पछिल्लो १८ दिनमा ६३ करोड रुपैयाँ बराबरका सामग्री भित्रिएको छ। भन्सार विभागको तथ्यांकअनुसार भाइटीकाको दिनलाई चाहिने बदाम, नरिवल, ओखर, स्याउ, किसमिस, काजु, सुन्तला र केरालगायत फलफूल आयात भएको हो।

यी सामग्री भारत, चीन, पाकिस्तान, थाइल्यान्ड, इन्डोनेसिया, अमेरिका, क्यानडाबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख भएको छ। सबैभन्दा बढी भारतबाट आयात भएको छ। भारतबाट मात्रै ३५ करोड ८७ लाख रुपैयाँको आयात भएको हो। दोस्रोमा पाकिस्तानबाट आयात भएको विभागको तथ्यांकमा छ।

तथ्यांकअनुसार यो अवधिमा २० करोड ८३ लाख रुपैयाँको फलफूल तथा ुड्राइ फ्रुट्सु का भित्रिएका हुन्। तेस्रोमा अमेरिकाबाट आयात भएको छ। अमेरिकाबाट १२ करोड ३९ लाख रुपैयाँको आयात भएको छ। तिब्बतबाट ९ करोड ७५ लाख, इन्डोनेसियाबाट १ करोड ६३ लाख, भियतनामबाट १ करोड ३६ लाख, चीनबाट ५६ लाख रुपैयाँ बराबरको आयात भएको उल्लेख छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement