टाइमर मिलाउन नजान्दा १२ घन्टा अघि नै पड्कियो बम


काठमाडौं – सोमबार बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विस्फोट भएको प्रहरीको भनाइ छ। सुकेधारा र घट्टेकुलोमा एकै पटक विस्फोट भएको थियो । राजधानीका थप चार ठाउँमा बम भेटियो। राजधानीका थप चार ठाउँमा बम भेटियो।

एम र पिएमको अलमलले योजनाभन्दा १२ घन्टा अघि नै विस्फोट भएको प्रहरीको भनाइ रहेको छ। दुबैतिर एकै समयमा आकस्मिक रुपमा विस्फोट हुनुको कारणबारे अनुसन्धान केन्द्रीत गरिएको काठमाडौँका एसएसपी उत्तमराज सुवेदीले बताए। उनका अनुसार अनामनगर र सुकेधारामा भएको विस्फोटका घाइतेहरुले १२ घन्टाअघि टाइम मिलाउने क्रममा एक्कासी बम पड्किएको बताएका छन्।

सुकेधारा, घट्टेकुलो र नागढुंगाका तीनवटा विस्फोट दुर्घटनावस भएको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनामा विप्लव समूहका चारजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् यो खबर नयाँ पत्रि%A

प्रतिक्रिया दिनुहोस
Advertisement