यूएस बंगला विमान दुर्घटना छानबिन प्रतिवेदन पाइलट ‘ओभर कफिडेन्ट’ हुँदा दुर्घटना


काठमाडौं – गत फागुन २८ गते भएको युएस बंगला विमान दुर्घटनामा विमानको ल्यान्डिङको अवस्था नहुँदा नहुंदै पाइलटले विमान अवतरण गराउँदा दुर्घटना भएको प्रतिवेदन आएको छ।

विमान दुर्घटनासम्बन्धी गठित छानविन आयोगको प्रतिवेदनअनुसार विमानको अवतरण गर्न अवस्था ठिक नहुँदा हुँदै विमान अवतरण गराउन खोज्दा विमान दुर्घटनामा परेको प्रतिवेदनले अम्ल्याएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरण सहसचिव तथा छानविन समितिका सदस्यसचिव बुद्धिसागर लामिछानेले बताउनुभयो।

उहाँले भन्नुभयो–‘छानविनका क्रममा विमानको अवतरण अवस्था प्राविधिक हिसाबले मिलेको थिएन तर पाइलटले भने जुनसकै अवस्थामा अवतरण गराउन खोज्दा दुर्घटान भएको हो।’ विमान प्राविधिक रूपमा ठिक रहेको प्रतिवेदनमा भनिएको छ। ‘यदि विमानले पुनः एक फन्को लगाएर प्रविधिक हिसाबले अवतरणयोग्य बनाएर अवतरण गराएको भए दुर्घटना हुने थिएन,’ सहसचिव लामिछानेले भन्नु भयो।

पाइलटको ‘ओभर कफिडेन्ट’ले नै विमान दुर्घटना भएको प्रतिवेदनले भनेको छ, लामो समय उडान भरेको र अनुभवी भएका पाइलट भए पनि जबरजस्ती विमान अवतरण गराउन खोज्दा दुर्घटना भएको प्रतिवेदनले भनेको छ। दुर्घटना भएको दिन पनि काठमाडौं आउनुभन्दा अगाडि पाइलटले २ वटा उडान भरेको प्रतिवेदनमा भनिएको छ। मानसिकक तनावमा नदेखिएको भए पनि लामो उडान भरेकाले पाइलटमा ‘ओभर कन्फिडेन्ट’ आउनुनै विमान दुर्घटनाको मुख्य कारण भएको भनिएको छ।

२८ फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त विमान सम्बन्धमा छानबिन गर्न सरकारले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छ सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो। विमान दुर्घटनमा नेपाली बंगाली चाइनिजसहित ५१ जनाको निधन भएको थियोे। यो खबर समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement