भाजपा नेता जौलीको भनाइमा सत्यता नभएको प्राधिकरणको भनाइ


काठमाडौं – भारतीय जनता पार्टीका नेता विजय जौलीले नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको बारेमा दिएको अभिव्यक्तिलाई नेपाली अधिकारीहरुले खण्डन गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भारतीय नेता जौलीले ६३ बर्षदेखि त्रिभुवन विमानस्थलमा केही नगरिएको भन्ने कुराम कुनै सत्यता नभएको र धावनमार्गको नियमित मर्मत सम्भार, विस्तार काम भइरहेको बताएका छन् ।

उनले यस विषयमा अरु थप केही नबोल्ने तथा आफूलाई पत्रको बारेमा कुनै किसिमको जानकारी नभएको समेत बताए । यस सम्बन्धमा आएका टीकाटिप्पणी पढेर मात्र बोल्ने उनले बताए । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

भाजपा नेता जौलीको बिवादास्पद टिप्पणी ,त्रिभुवन बिमानस्थल खतराको सुचीमा

प्रतिक्रिया दिनुहोस
Advertisement