प्रदूषण शुल्कबापत दश वर्षमा उठ्यो पाँच अर्ब


काठमाडौं – वायुलगायत प्रदूषणले काठमाडौंको जनजीवन नराम्ररी प्रभावित भएको छ। सवारीसधानले फालेको धुवाँ, साडकको धुलो र अन्य प्रदूषणले पैदल हिँड्न र सास फेर्न कठिन भइरहेको छ।

तर, वायु प्रदूषण नियन्त्रण गर्न उपभोक्ताबाट उठाइएको रकम प्रयोगमा आउन सकेको छैन। सरकारले पेट्रोलियम पदार्थबाट (डिजेल र पेट्रोल) प्रयोग गरेबापत उपभोक्ताबाट प्रतिलिटर ५० पैसा प्रदूषण शुल्क लिने गरेको छ। यसरी उठाएको रकम पाँच अर्बभन्दा बढी पुगेको छ।

नेपाल आयल निगमले २०६६ सालदेखि डिजेल र पेट्रोलमा प्रतिलिटर ५०र५० पैसाका दरले उठाएर सरकारलाई बुझाउँदै आएको छ। योसमाचार नागरिक दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस
Advertisement