सी जिनफिङको संघषपूर्ण जिवन : जसले पार्टी सदस्यता १० वर्षमा पाए, बुवा जेल पुगेपनि पार्टी छोडेनन्


काठमाडौंमाओ र देङपछि सबैभन्दा शक्तिशाली र चर्चित लोकप्रिय नेता हुन् वर्तमान चिनियां राष्ट्रपति सी जिनफिङ चिनियां कम्युनिष्ट पार्टीको वैचारिक इतिहासमा सी विचारधारालाई संविधानमा नै लिपिबद्ध गरिएका सीलाई सरल र प्रतिबद्ध कम्युनिष्ट नेताका रुपमा लिइन्छ त्यतिमात्र होईन चीनलाई विश्व शक्ति बनाउने उनको अठोटको चीनमा मात्र होईन संसारभरमै चर्चा छ

अहिले शक्तिशाली राष्ट्रपति बनेका सी जिनफिङको जीवनमा कैयन् संयोग छन् उनको जीवन त्यति सहज देखिंदैन जीवनका कैयन् उतारचढाव उनले झेलेका छन् आफ्नै परिवारको उत्थान, पतन र फेरी उदयका श्रृंखला समेत उनले अनुभूति गरेका छन् , सबैभन्दा ठूलो कुरा उनले दुख, श्रम र कम्युनिष्ट पार्टीको महत्व बुझेका छन्

सी विचारधाराको एउटा महत्वपूर्ण अंग भनेको कम्युनिष्ट पार्टीभित्रको अनुशासन पनि  हो कम्युनिष्ट संस्कृतिका पक्षमा, सामूहिकता र भ्रष्टाचाररहित संस्कृतिको पक्षमा सी विचारधारा उभिएको छ अनुशासनको पालना गराउनु उनको विचारधाराको मुख्य आधार पनि हो तर संयोग नै भनौं, पार्टीको लाइनविपरित गतिविधि गरिएको भन्दै सीका बुवालाई भने सांस्कृतिक क्रान्तिको बेला कार्वाही गरिएको थियो उनलाई पछि जेलमा हालिएको थियो

सांस्कृतिक क्रान्तिकै कालखण्डमा उनले आफ्नो दिदी पनि गुमाउनु पर्यो तत्कालिन लडाकु विद्यार्थी दस्ताले दिदीको हत्या गरेको केही मिडियाले उल्लेख गरेका छन् बुवालाई श्रम कारागारमा पठाउंदा उनी १५ वर्षका थिए परिवारको साथ छुटेपछि पनि उनको कम्युनिष्ट पार्टीप्रतिको आस्थामा कमी आएन सांस्कृतिक क्रान्तिकै अन्तिम ताका उनी युवा कम्युनिष्ट लिगका सदस्य भए त्यसपछि उनले पार्टी सदस्यताका लागि आवेदन दिए

तर, उनको कम्युनिष्ट पार्टीको सदस्यता पाउने सपना त्यति सजिलै पुरा भएन उनले दश पटक निवेदन दिएपछि बल्ल पार्टीले उनलाई पत्यायो र पार्टी सदस्यता दियो

सन् १९५३ को जुन १५ मा सी झोङ्छन र क्वी सिनको दोश्रो छोराका रुपमा बेइजिङमा जन्मेका थिए सी जिनपिङ त्यतिबेला चीनको नयां जनवादी क्रान्ति सम्पन्न भएर महान अग्रगामी युगको शुरुआत गरेका थिए माओले उनका बुवा त्यतिखेर पार्टी र सरकारको निकै महत्वपूर्ण पदमा थिए उनी प्रचार प्रसार विभाग प्रमुख तथा राष्ट्रिय जन कंग्रेसका उपाध्यक्ष समते बनेका थिए उनका एकजना दाजु थिए भने दुईजना दिदी उनीहरुको पुख्र्यौली घर भने हेनान थियो

सन् १९६३ मा सी दश वर्षको भएको बेला उनका बुवालाई पार्टीबाट कार्वाही गरियो र हेनानाको ल्योयाङमा रहेको कारखानामा काम गर्न पठाइयो त्यसको तीन वर्षपछि मई १९६६ मा सांस्कृतिक क्रान्तिका कारण सीको पढाईमा असर पर्यो सांस्कृतिक क्रान्तिको बेला सबै माध्यमिक तहका विद्यालय बन्द गरिएका थिए विद्यार्थीहरु समेत आन्दोलनमा उत्रिएका थिए यही क्रममा सीको परिवार पनि निशानामा पर्यो , सीका एकजना दिदीको समेत मृत्यु भयो

उनका बुवा कम्युनिष्ट पार्टी र त्यसका भातृ संगठनहरुको निशानामा थिए पछि गएर सीको आमालाई समेत आफ्नो श्रीमानलाई क्रान्तिको दुश्मन भन्दै सार्वजनिक रुपमा आलोचना गर्न लगाइयो

सन् १९६८ मा सीका बुवालाई जेल पठाइयो सीत्यतिबेला १५ वर्ष पुगेका थिए उनले १९७२ सम्म बुवालाई भेटन पाएनन बुवाआमाको संरक्षण बिनाका सीलाई लियाङजियाहे गाउंमा पठाइयो माओको मुख्य प्रभाव क्षेत्रका रुपमा मानिने येनानको यो गाउंमा सी धेरै टिक्न सकेनन र त्यहांबाट भागेर बेइजिङ फर्किए तर उनी पक्राउ परे र नाली खन्ने काममा श्रम कारावासमा पठाइए

तर उनले यति कष्ट सहदा पनि पढाई छोडेनन सन् १९७५ देखि १९७९ सम्म बेइजिङको टिसुङ्गा विश्वविद्यालयमा केमिकल इन्जिनियर पढे इन्जिनियरिङको पढाई भएपनि त्यहां १५ प्रतिशत समय माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराको पढाई हुने गर्दथ्यो ५ प्रतिशत समय भने उनीहरुले काम गर्नुपर्दथ्यो

इन्जिनियरको पढाई सकिएपछि सी कुनै बेला उनको बुवाको मातहत रहेका जेङ बीयोको स्वकीय सचिव भएर काम शुरु गरे जेङपछि गएर चीनको केन्द्रीय सैन्य आयोगका सेक्रेटरी जनरल बने

सन् १९८५ मा भने सी अमेरिका पुगे अमेरिकी कृषि अध्ययनका लागि चिनियां प्रतिनिधिमण्डलको सदस्यको रुपमा उनी अमेरिका पुगेका थिए त्यहां उनी मुस्केटिन, लोआमा एउटा अमेरिकी परिवारमा बसे अमेरिकाबारे दृष्टिकोण निर्माणमा यो भ्रमणले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ

राजनीतिक जीवन

आफ्नै परिवारका सदस्यको दुखद घटनाकाबीच पनि सीको मनमा कम्युनिष्ट विचारधाराप्रति कहिल्यै वितृष्णा भएन यदि उनले आफ्नो दिदी मारिएको र बुवालाई जेल गएको कुरालाईमाक्र्सवाद र कम्युनिष्ट गलत छभनेर सोचेको भए उनी आजको अवस्थामा आइपुग्ने थिएनन

तर सीका लागि कम्युनिष्ट विचारधारा मन पर्ने कुरा थियो त्यसैले उनले सन् १९७१ माकम्युनिष्ट युथ लिग अफ चाइनाका सदस्य भए उनले कम्युनिष्ट पार्टीका सदस्यताका लागि आवेदन गरे तर शुरुमा नै उनलाई पार्टीले सदस्यता दिएन दशपटक सम्म निवेदन दिएपछि बल्ल उनले १९७४ मा कम्युनिष्ट पार्टीको सदस्यता पाए त्यतिबेलासम्म सांस्कृतिक क्रान्ति सकिएको थियो भने देङ लगायतका कैयन नेताहरुलाई पुनः पार्टीमा ल्याइएको थियो चीनमा माओ र चाओ एनलाई नै मुख्य शक्तिमा थिए

त्यसपछि उनी उत्पादन समूहको शाखा सचिव भए भने १९८२ मा उनलाई झेङदीङ प्रान्त (काउन्टी) पठाइयो त्यसपछि २००७ सम्म उनले हेबेइ, फुजियान, शाङ्घाईलगायतका राज्यमा मुख्य भूमिकामा रहेर पार्टीमा जिम्मेवारी निर्वाह गरे सन् १९९० मा भने शी फुझाउको पार्टी स्कूलका सभापनि बने

केन्द्रीय कमिटीमा सीको प्रवेश भने सन् १९९७ मा मात्रै भएको देखिन्छ चिनियां कम्युनिष्ट पार्टीको १५ औं केन्द्रीय कमिटिमा उनी वैकल्पिक केन्द्रीय सदस्यको रुपमा चुनिए त्यतिखेर १५१ जना वैकल्पिक केन्द्रीय सदस्यमा उनले सबैभन्दा कम भोट पाएका कारण उनी सबैभन्दा पछिल्लो क्रममा राखिए

सन् १९९९ मा उनको बढुवा भयो र उनी फुजियानको उप गर्भनरको कार्यालयमा पठाइए त्यही क्रममा उनले ताइवानबाट लगानी आकर्षित गर्नुको साथै राज्यको अर्थतन्त्र मजबूत गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे

उनको अथक मेहनत र पार्टीप्रतिको प्रतिबद्धताका कारण फेब्रुअरी २००२ मा उनी १६ औं केन्द्रीय समितिमा पूर्ण केन्द्रीय सदस्य हुन सफल भए जेइझिङमा रहंदा भ्रष्ट अधिकारीविरुद्ध उनको कडा भूमिकाको राष्ट्रिय चर्चा सुरु भएको थियो योसंगै चीनका शीर्ष नेताको आँखामा उनी परे

यही बीचमा सन् २००६ मा सांघाईका पार्टी प्रंमुख चेन लियाङ्गयूलाई बर्खास्त गरियो उनीमाथि सामाजिक सुरक्षा कोषको रकम हिनामिना गरेको आरोप थियो उनको स्थानमा सीलाई त्यहां पठाइयो उनी सात महिना त्यहाँ बसे उनले त्यहां बस्दा आफ्नो भ्रष्टाचारविरोधी सादा जीवन शैली प्रदर्शन गर्दै सुविधाका लागि दिइएको रेल समेत अस्वीकार गरे पार्टीको मूल नीति नै सर्वोपरि भन्दै उनले अन्य सबै गुटबन्दीहरुको पनि बिरोध गरे

सन् २००७ को १० औं राष्ट्रिय कंग्रेस सीको जीवनको महत्वपूर्ण समय थियो उनी चिनियां कम्युनिष्ट पार्टीको नौ जनाको पोलिटब्यूरो कमिटिको सदस्य बने यो संगै उनी कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको पनि शीर्ष क्रमको नेता बने सन् २००८ मा उनी उनी चीनको उपराष्ट्रपति बने

यो अवधिमा उनले कैयन महत्वपूर्ण जिम्मेवारी पुरा गरे कैयन देशको भ्रमण समेत गरे सम्भवतः राजनीतिक परिवारका उत्तराधिकार पाएकामध्ये यसरी सफल भएका एकजना मात्र नेता सी थिए

सन् २०१२ को नोभेम्बर १५ का दिन सी जिनपिङ चिनियां कम्युनिष्ट पार्टीको महासचिव बने साथै चिनियां केन्द्रीय सैन्य कमिशनका उनी अध्यक्ष पनि भए योसंगै उनले पोलिटब्यूरोको संख्या नौबाट ७ मा झारे महासचिव भएपछिको उनको पहिलो सार्वजनिक भाषणमा कुनै राजनीतिक नारा थिएन बरु एउटा सामान्य मानिसको जस्तो उनले बोलेको अहिले पनि स्मरण गरिन्छ उनले हाम्रा जनताले राम्रो शिक्षा, राम्रो स्थायी जागिर, राम्रो आय, स्थायी सामाजिक सुरक्षा, गुणस्तरीय स्वास्थ्य, आरामदायी सुविधानजनक जीवन र उन्नत वातावरण खोजेका भन्दै सबै तहको भ्रष्टाचारलाई निमर्मतापूर्वक अन्त्य गर्नुपर्ने बताए सीको यो भाषण अहिले पनि चर्चित छ

सन् २०१३ को मार्च १४ का दिन सी चिनको राष्ट्रपति चुनिए १२ राष्ट्रिय जनकंग्रेसमा भएको मतदानमा उनले २ हजार ९ सय ५२ भोट पाएका थिए उनका विरुद्धमा एकमात्र भोट परेको थियो भने तीनजना अनुपस्थित थिए

प्रतिक्रिया दिनुहोस
Advertisement