विभाजनको पक्षमा रहेका भनिएका राज्यमन्त्री कार्की उपेन्द्रकै पक्षमा


काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको पक्षमा रहेका भनिएका राज्यमन्त्री समेत रहेका दीपक कार्कीले आफू संस्थापन (उपेन्द्र यादव) पक्षमै रहेको बताएका छन् ।

सोमबार कार्कीका प्रमुख स्वकीय सचिव रामनारायण कापडले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा आएका समाचारको खण्डन गर्दै कार्की संस्थापन पक्षमै रहेको बताएका हुन् ।

‘अत्यन्त भ्रामक जानकारी सम्प्रेषण भइरहेकोप्रति यस सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ। उहाँ जनता समाजवादी पार्टी, नेपाल संस्थापन पक्षमा यथावत् रहिरहनु भएको र अन्यत्र भने झैँ कुनै गुट वा दलसँग आबद्धता नरहेको जानकारीको लागी अनुरोध छ ।’, विज्ञप्तिमा भनिएको छ ।

यसअघि जसपा नेपाल विभाजन गरेर बनेको अशोक राई नेतृत्वको जसपामा कार्कीको नाम समेत रहेको थियो । कार्की हाल वन तथा वातावरण राज्यमन्त्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement