दल विभाजनपछि जसपा अध्यक्ष यादवले कतारबाटै बोलाए संसदीय दलको बैठक


काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले कतारबाटै संसदीय दलको बैठक बोलाएका छन् ।

अध्यक्ष यादवले सोमबार कतारबाटै सांसदहरूलाई फोन गरेर मंगलवार बिहान संसदीय दलको बैठक बोलाएका छन् । मंगलबार बिहान उनी कतारबाट काठमाडौं पुग्दैछन् ।

जसपा नेपालका प्रवक्ता मनिष सुमनले अध्यक्ष यादवले कतारबाटै फोन गरेर दलको बैठक बोलाएका जानकारी दिए । न्युयोर्कमा आयोजना भएको विश्व जनसंख्या सम्बन्धी सम्मेलनमा भाग लिन गत शनिवार अमेरिका गएका उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव आइतबार कतार गएका थिए ।

यादव कतारमा रहेका बेला जसपा विभाजन भएर अशोक राईको नेतृत्वमा नयाँ दल बनेको छ । जसपाका ७ सांसद लिएर नेता अशोक राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा आइतबार निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement