बिहीबार थपिए ३ सय ६० जना संक्रमित, २३३ जना डिस्चार्ज


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।  योसँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ६ हजार २९६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६ सय २२  जनाको पीसीआर परीक्षण गरिएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ३३ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १५ हजार ३ सय ८९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement