फुटेको जसपाको ३१ सदस्यीय कार्यसमिति गठन, यस्तो छ प्रस्तावित कार्यसमिति


काठमाण्डु- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको ३१ सदस्य कार्यसमिति गठन भएको छ । आइतबार बसेको बैठकले राईको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

अध्यक्षमा अशोक राई र महासचिवमा मोहम्मद इस्तियाक राई छन् । त्यस्तै पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादवलाई सहअध्यक्षमा राखिएको छ ।

त्यस्तै नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम बस्नेत, सुशीला श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन् । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको हो ।

यस्तो छ प्रस्तावित कार्यसमिति

प्रतिक्रिया दिनुहोस
Advertisement