लुम्बिनीमा शान्ति र्‍याली : प्रधानमन्त्री ओली सहभागी,१० बुँदे ‘लुम्बिनी घोषणापत्र २०१८’ जारी


लुम्बिनी – प्रधानमन्त्री केपी शर्मा ओली २५६२ औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति ¥यालीमा सहभागी भएका छन् । लुम्बिनीबाट शुरु भएको शान्ति ¥यालीमा करीब २० मिनेट प्रधानमन्त्री सहभागी भएका हुन्।

¥यालीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, देश विदेशबाट आउनु भएका बौद्ध भिक्षु र बौद्ध विद्वानहरु,पूर्वसांसद राजन भट्टराईलगायत पनि सहभागी थिए ।

त्यसअघि प्रधानमन्त्रीले मायादेवीस्थित मायादेवी मन्दिर, अशोक स्तम्भ, लिटिल बुद्ध र शान्तिद्वीपको अवलोकन गरेका थिए ।
आइतबार अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन लुम्बिनी आएका प्रधानमन्त्री आजनै काठमाडौँ फर्कने कार्यक्रम छ ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले १० बुँदे ‘लुम्बिनी घोषणापत्र २०१८’ जारी गरेको छ । लुम्बिनी गुरुयोजनालाई शान्ति र मानवताको विश्वकेन्द्रका रूपमा विकास गर्नेलगायतका प्रतिबद्धतासहित दुईदिने सम्मेलन आइतबार सम्पन्न भएको हो ।

घोषणा–पत्रमा लुम्बिनीलाई भगवान बुद्धको जन्मस्थल र बौद्धधर्म तथा विश्वशान्तिको मुहानका रुपमा विश्वभर प्रवद्र्धन गर्ने उल्लेख छ । त्यस्तै, केन्जो टांगेद्वारा डिजाइन गरिएको लुम्बिनी गुरुयोजनालाई शान्ति र मानवताको विश्वकेन्द्रका रूपमा सम्पन्न गर्ने, अन्तरआस्था, संवादको प्रवद्र्धन र विश्व बौद्ध समुदायलाई एकीकृत गर्ने घोषणा–पत्रमा उल्लेख छ ।

घोषणा–पत्र सार्वजनिक गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले सम्मेलनले पारित गरेका बुँदाहरूलाई सबै मिलेर कार्यान्वयन गर्नुपर्ने बताए । ‘लुम्बिनी नेपाल : भगवान् बुद्धको जन्मस्थल तथा बौद्धधर्म र विश्वशान्तिको उद्गमस्थल’ भन्ने सम्मेलनको नारा तय भएको थियो ।

यस्तो छ १० बुँदे घोषणापत्र

१. सन् २०१६मा घोषणा गरिएको लुम्बिनी घोषणा–पत्रमा उल्लेखित लुम्बिनी नेपाललाई भगवान बुद्धको जन्मस्थल र बौद्धधर्म र विश्वशान्तिको मुहानलाई विश्वमा प्रवद्र्धन गर्ने

२. केन्जो टांगेद्वारा डिजाइन गरिएको लुम्बिनी गुरुयोजनालाई शान्ति र मानवताको विश्वकेन्द्रका रूपमा सम्पन्न गर्ने

३. अन्तरआस्था, संवादको प्रवद्र्धन गर्न र विश्व बौद्ध समुदायलाई एकीकृत गर्न, एसियामा बढ्दो जातीय हिंसा र यसलाई बौद्धमार्गबाट समाधान गर्नका निम्ति एक भई काम गर्ने

४. लुम्बिनीमा शान्ति र द्वन्द्वको निरूपणका लागि अन्तर्राष्ट्रिय केन्द्र स्थापना गर्ने

५. लुम्बिनीलाई एसियाको बृहत्तर तीर्थस्थलको सर्किटका रूपमा स्थापना गरी भारतको बोधगया, सारनाथ, कुशीनगर र श्रीलंका, म्यानमार, बंगलादेश, चीन एवं पाकिस्तानका बौद्ध सम्पदाहरूलाई प्रवद्र्धन गर्ने ।

६. बृहत्तर लुम्बिनीको पुरातात्विक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरूलाई एकीकृत रूपमा व्यवस्थापन गरी संरक्षण गर्ने ।

७. बृहत्तर लुम्बिनीको वातावरणको संरक्षण गर्न र सबै किसिमका प्रदूषणको स्रोतको अनुगमन र नियन्त्रण गर्ने ।

८. कपिलवस्तु ९बुद्ध र शाक्यको मातृभूमि०, देवदह ९महारानी मायादेवीको माइतीघर०, रामग्राम ९बुद्धको अस्तुधातु भएको स्थल०को बृहत महत्वलाई हृदयंगम गर्दै सबै बौद्धमार्गी र संसारका शान्तिप्रिय जनतालाई बुद्धिस्ट सर्किटअन्तर्गतका रूपमा एकीकृत बृहत् लुम्बिनी गुरुयोजनाका रूपमा निर्माण गर्ने ।

९. बौद्ध शिक्षाका लागि लुम्बिनीलाई विश्वकेन्द्रको रूपमा विकास गर्ने ।

१०. लुम्बिनी घोषणा–पत्र २०१६ लाई कार्यान्वयन गर्दै विश्व बुद्धिस्ट मञ्चको स्थापना गरी बुद्ध परम्पराहरूको सञ्जालका लागि शुभारम्भ गर्ने ।

प्रतिक्रिया दिनुहोस
Advertisement