मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


सर्लाही – जिल्लाको लालबन्दी नगरपालिका–४ स्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पुनर्वासबाट रंजितपुरतर्फ जाँदै गरेको ज११प ७५४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक लालबन्दी नगरपालिका–३ जब्दी बस्ने ४५ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय लालबन्दी मोडेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement