सिपीसीको विदेश विभाग प्रमुख ताओसंगै चिनियां विदेशमन्त्री वाङ चैत्र १२ मा काठमाण्डु आउंदै


काठमाण्डु– चिनियां विदेशमन्त्री वाङ यी को नेपाल भ्रमणमा आउने मिति तय भएको छ । चिनियां विदेशमन्त्री वाङ चिनियां कम्युनिष्ट पार्टीको विदेश विभागका प्रमुख सोङ ताओसंगै नेपालको दुई दिने (चैत्र १२ र १३) उच्चस्तरिय भ्रमणको क्रममा काठमाण्डु आउंन लागेका हुन् ।

परराष्ट्रमन्त्रालय स्रोतले उनको भ्रमणको मिति टुंगो लागेको जानकारी दिएको छ । मन्त्री वाङ नेपाल हुंदै वङगलादेश जाने कार्यक्रम छ । परराष्ट्रमन्त्री डा.नारायण खड्का स्वदेश फर्कने वित्तिकै नेपालका लागि चिनियां राजदूत होउ यान्छीले निमन्त्रणा पत्र हस्तान्तरण गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री खड्काको निमन्त्रणामा चिनियां विदेशमन्त्री नेपाल भ्रमणमा आउंन लागेका हुन् । चीनले सुरुमा नेपालका परराष्ट्रमन्त्री डा.खड्कालाई बेइजिङ भ्रमणमा आउंन अनुरोध गरेको थियो । तर, पछि मन्त्री खड्काले नै नेपाल भ्रमणमा आइदिन आग्रह गरेपछी उनी भ्रमणका लागी तयार भएका हुन् ।

कोभिड महामारीको कारण दुई देशबीच उच्चस्तरिय भ्रमण हुन् सकिरहेको थिएन । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार बनेसंगै दुवै देशबीचको उच्च तहमा खासै सम्वाद समेत भएको थिएन । चिनियां विदेशमन्त्रीको भ्रमणले दुई मुलुकबीचको सम्बन्ध सुमधुर हुने अपेक्षा गरिएको छ ।

उनको भ्रमणलगत्तै अर्थमन्त्रीको तहमा समेत भ्रमण गर्ने तयारी भएको छ । त्यसको लागि दुवै देशका उच्च अधिकारीहरु तयारीमा जुटिरहेका छन् । नेपालका अर्थमन्त्री जनार्दन शर्माको भ्रमण पहिले हुने सम्भावना रहेको स्रोतको दावी छ । यसैवर्ष परराष्ट्र सचिवस्तरिय द्धिपक्षीय परमार्श संयन्त्रको बैठक समेत बेइजिङमा बस्दैछ । त्यसमा सहभागी हुन परराष्ट्रसचिव भरतराज पौडेलको समेत चीन भ्रमणमा जांदैछन् ।

चिनका स्टेट काउन्सिलर समेत रहेका चिनियां विदेशमन्त्री यीको भ्रमणलगत्तै यसै वर्ष चिनियां प्रधानमन्त्री लि कछयांङको समेत भ्रमणको तयारी छ । कछयांङको जुनमा हुने भारत भ्रमणको बेला उनी नेपालको भ्रमणमा आउने गरी समेत तयारी भइरहेको स्रोतको दावी छ ।

चिनियां विदेशमन्त्री यीले सिपीपीसी र एनपिसीको विशेष सेशनमा विदेश नीतिबारे बोल्दै अहिलेको अवस्थामा चीन र भारत लडेर बस्नु नहुने धारणा राखेका थिए । उनको अभिव्यक्तिले पनि चीन भारतसहित यो क्षेत्रका अन्य मुलुकहरुसंग सहकार्य गर्न खोजनिरहेको संकेत मिलेको यो क्षेत्रका जानकारहरु बताउंछन् ।

उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपनि विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालगायत प्रमुख पार्टीका शिर्ष नेताहरुसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणको बेला दुई पक्षिय सम्बन्ध र क्षेत्रिय सहकार्यका साथै बेल्ट रोड एण्ट रोड कार्यान्वनयको मोडालिटी र कार्यक्रम तय गर्नेबारे समेत छलफल हुनेछ । त्यसका साथै पछिल्लो समय रोकिएका चिनियां परियोजनाहरुमा कसरी सहजिकरण गर्ने,बदलिंदो परिवेशमा कसरी अगाडी बढ्ने र चिनियां लोनबारे उठिरहेको प्रश्नमा समेत चीनले आफ्नो धारणा स्पष्ट पार्ने सम्भावना छ । उनको भ्रमणअघि दुई देशबीच हवाई सेवा सुचारु गर्ने र चीनमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई चीन फिर्ताबारे निर्णय हुने सम्भावना समेत रहेको स्रोतको दावी छ ।

‘उहांको भ्रमणअघि नेपालमा हवाई सेवा सुचारु गर्ने र चीनमा अध्ययन गरिरहेका विद्यार्थीहरु चीन फिर्ता बारे निर्णय हुन्छ होला । भ्रमणअघि निर्णय भएन भने भ्रमणको बेला निर्णय हुन्छ ।’ परराष्ट्र स्रोतले काठमाण्डुपाटीसंग भन्यो ।

परराष्ट्रमन्त्री नारायण खड्काले सोमबार परराष्ट्रमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालमा छिट्टै उच्चस्तरीय भ्रमण हुने जानकारी दिएका थिए । खड्काले कुन तहको भ्रमण हुने हो भन्ने बारे भने कुनै जानकारी दिएका थिएनन् । उनले समय आएपछी मात्रै भ्रमणबारे जानकारी गराउने बताएका थिए ।

चीनले एमसीसीलाई संसदबाट पारित नगर्न दबाव दिएको थियो । उसले एमसीसीलाई आफ्नो सुरक्षासंग जोडेर नेपाली नेताहरुलाई यसलाई सदनबाट अनुमोदन नगर्न आग्रह गर्दै आएको थियो । चिनियां विदेशमन्त्रालयका प्रवक्ताले समेत अमेरिकाले नेपाल जर्वजस्ती कुटनीति गरेको आरोप लगाएका थिए ।

एमसीसीमा चीनले धेरै पटक चांसो राखेपछी त्यसलाई नेपालमा समेत अस्वभाविक रुपमा लिइएको थियो । कतिपयले यो दुई देशको मामला भएको भन्दै यसमा चांसो नराख्न समेत चीनलाई आग्रह गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानामन्त्री नियुक्त भएपछी चीनबाट हुन लागेको यो उच्चस्तरिय भ्रमण हो । अमेरिका,भारत र बेलायतमा राजदूत नियुक्त गरेको तर, चीनमा नेपाली राजदूत नियुक्त नगरेको भन्दै चीनले त्यसमा असन्तुष्टि जनाएको बताइन्छ । त्यसका साथै देउवा नेतृत्वको सरकारले सीमा विवाद समेत झिकेको भन्दै चीन पछिल्लो समय असन्तुष्ट बनेको स्रोतको दावी छ ।

त्यस्तै साउदी अरेबियाका विदेशमन्त्री फैसद विन फरहान अल साउद पनि नेपाल भ्रमणमा आउने भएका छन् । साउदीका राजकुमार समेत रहेका साउद चैत पहिलो साता नेपाल भ्रमणमा आउन लागेका हुन् । उनको भ्रमणको तयारीमा दुवै पक्ष जुटिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement