प्रधानमन्त्री प्रचण्डसँग संयुक्त राष्ट्रसंघका सहायक महासचिवको शिष्टाचार भेट


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसंघका सहायक महासचिव एवं संयक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय ब्युरो निर्देशक कान्नी विङ्नाराजाले शिष्टाचार भेट गरेकी छन् ।

सिंहदरबारमा बिहीबार भएको भेटमा उनीहरूबीच नेपाल र यूएनडीपीसँगको सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रुपक सापकोटाले जानकारी दिए ।

सल्लाहकार सापकोटाअनुसार प्रधानमन्त्री प्रचण्डले नेपालको सामाजिक र आर्थिक विकासमा यूएनडीपीले सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि जलवायु परिवर्तनबाट नेपालमा परेको असर न्यूनीकरणमा यूएनडीपीको सहयोग रहने विश्वास व्यक्त गरे ।

राष्ट्रसंघका सहायक महासचिव विङ्नाराजाले नेपालले आयोजना गरेको लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै नेपाल–यूनडीपीबीचको सहकार्यलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement